November 21, 2024, 10:26 am
» राजस्व संकलन १७ प्रतिशतले बढ्यो » नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै » Nepal-India military cooperation talks today » जग्गा भाडामा लिएर कृषि गर्नेलाई ५० प्रतिशत अनुदान दिने निर्णय » ३१ अंकले घटेर २६८० विन्दुमा झर्‍यो नेप्से, कारोबार कति ?

सत्र क्विन्टल गाँजासहित एक जना पक्राउ

मंसिर ४, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

बोदे बर्साइन (सप्तरी), : राजगढ गाउँपालिका-४ बाट सप्तरी  १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई  नियन्त्रणमा लिइएको छ ।

बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका-४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।

कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो ।

टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका-३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ परेका छन् । निजलाई आज अदातलमा पेस गरिने छ ।

उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ ।

प्रतिक्रिया