चौधरी ग्रुपका अध्यक्ष बिनोदको असली रुप : कर छलीदेखि सरकारी जग्गा अतिक्रमणसम्म (प्रमाणसहित)

- July 30, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । आफलाई विश्वको धनीको सूचीमा नाम लेखाएर विभिन्न रुपमा प्रचारप्रसार गर्दै आएका चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी कसरी सो सूचीमा परे र उनको मुख्य सम्पत्तीको स्रोत के हो भन्ने बारे विभिन्न क्षेत्रबाट प्रमाणहरु प्राप्त भएका छन् । भारतबाट नेपाल छिरेको चौधरी परिबारले शक्तिकै आडमा अबैधधन्धा चलाएर आर्जन गरेको रकम र सरकारी तथा निजी जग्गा अतिक्रमण र पुर्वराजा विरेन्द्रको सम्पत्तीलाई जालझेल गरी आफ्नो बनाएर सोही सम्पत्तीलाई देखाई विश्वको धनी बनेको नक्कली प्रचारप्रासार गर्दै आएको प्रमाण प्राप्त भएको छ । ग्रुपका अध्यक्ष चौधरीले धर्मको नाममा पनि सरकारी जग्गा अतिक्रमण गरेर मन्दिर बनाएको जनगुनासो आइरहेको अवस्थामा पार्क बनाएको भन्दै सरकारी जग्गा अतिक्रमण गरेको भेटिएको हो ।
डलरअर्बपति चौधरीले नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २, मा रहेको सिजी इन्डस्ट्रियल पार्कले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको भेटिएको हो । तत्कालीन समयमा नेकपा एमाले (हाल नेकपा)को सभासद् हुँदा सो नगरपालिकाको जग्गालाई जालझेल गरी चौधरी ग्रुपले सो जग्गा अतिक्रमण गरी पार्क बनाएको पाइएको हो । चौधरी ग्रुपले पार्कको नाममा मन्दिर प्रवेशद्वारभित्र खोलाको सार्वजनिक जग्गामा दुई तले पक्की भवन निर्माण गरेका छन् । उनले भवन मात्रै होइन, प्रवेशद्वार नजिकको कर्कदह खोला पूरै अतिक्रमण गरेर बुद्धको मूर्ति राखेर सरकारी जग्गा हडपेको सो नगरपालिकाले चौधरी ग्रुपलाई काटेको पत्रबाट प्रस्ट भएको भन्दै आर्थिक दैनिकले समाचार छापेको छ ।
चौधरी ग्रुपले सरकारी जग्गालाई आफ्नो रैकर बनाउने प्रमुख लक्ष्य रहेको भेटिएको छ । चौधरीले सरकारी जग्गाको खोजी गर्दै सो जग्गाको निजी जग्गालाई न्यून रकम दिएर खरिद गर्ने अनि सो जग्गामा मन्दिर बनाउँदै धर्मको आडमा सरकारी जग्गा अतिक्रमण गर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ ।

नवलपरासीको देवचुली नगरपालिकाले चौधरी ग्रुपलाई तत्काल सरकारी जग्गाबाट हट्न दिएको
निर्देशन पत्र

सुरुमा धर्मको नाममा मन्दिर बनाएपछि स्थानीयको विरोध पनि नहुने र पछि विस्तारै सो जग्गा आफ्नै नाममा रैकर बनाउने रणनीति समेत रहेको सोही ग्रुपका एक कर्मचारीले नाम नलेख्ने शर्तमा बताए । सोही रणनीतिअनुसार चौधरीले सो मन्दिरपरिसरमा कुण्ड भनेपनि सो पोखरीमा फोहोर पानी र हिलो जम्मा गरेर बस्तीनै दुर्गन्धित समेत गराएका छन् । सो फोहोर गरेसँगै स्थानीय बासिन्दाबाट फोहोर हटाउन माग गरेको खण्डमा फोहोर हटाई सो जग्गा समेत हडप्ने तयारी चौधरीको रहेको स्रोतको दाबी रहेको छ ।
यसरी सरकारी जग्गा अतिक्रमण गरेर रैकर बनाएपछि देवचुली नगरपालिकाले पटक–पटक पत्रचार गर्दा समेत सो पत्रलाई बेवास्ता गरी सरकारी जग्गा रैकर बनाउने कार्यमा चौधरी ग्रुप लागिपरेको छ । देवचुली नगरपालिकाले चौधरी ग्रुपको नाममा २०७४ साउन २१ गते उक्त पार्कको नाममा पत्र काटेको थियो । सो पत्रमा मन्दिरको प्रवेशद्वार भित्रपट्टि खोलाको सार्वजनिक जग्गामा दुईतले पक्की भवन निर्माण भइरहेको, त्यस क्षेत्रभित्रका सार्वजनिक जग्गा छुट्टायाउनुपर्ने र त्यस्तो जग्गामा बनेका जुनसुकै संरचना छ महिनाभित्र हटाउन आदेश दिएको थियो । तर, सो आदेशलाई चौधरी ग्रुपले बेवास्ता गर्दै आएको छ । नगरपालिकाले उक्त प्रवेशद्वार नजिक कर्कदह खोला पूरै अतिक्रमण गरी बुद्धको मूर्ति स्थापना गरेका छन् । उक्त खोलामा कुण्ड भनिएकोमा फोहोर पानी र हिलो जम्मा गरी गाउँ नै दुर्गन्धित बनाएको, इन्डष्ट्रियल पार्कको उत्तरतर्फ पार्क हुँदै वहने खोला, कुला तथा खेतबाट झर्ने झरनाको निकासको लागि पार्कभित्रका सार्वजनिक कुलोहरु तत्काल सफा गरी पानीको निकासको व्यवस्था मिलाउन पनि पनि निर्देशन दिएको थियो ।
सो ग्रुपले स्थानीय बासिन्दाको जनस्वास्थ्यमा प्रतिकूल असर पर्नेगरी उद्योगबाट निस्किएको ठूलो आयतनको रासायनिक पदार्थयुक्त पानी प्रशोधन नगरी सोझै खोलामा पठाइएको र यसबाट गन्ध प्रदूषण, रासायनिक प्रदूषण भई किसानको खेती विनाश भएको, जमिनमुनिको पानीको स्रोत प्रदूषित भई इनारको पानी पिउनयोग्य नभएको, फोहोर पानी प्रशोधन केन्द्र चलाउने नगरिएको, उद्योगबाट निस्किने फोहोर पानीलाई प्रशोधन गरेरमात्र बाहिर पठाउने प्रबन्ध छ महिनाभित्र मिलाउन दिएको लिखित निर्देशनलाई लत्याउँदै चौधरीले अझै सरकारी जग्गा अतिक्रमण गर्ने कार्य रोकेका छैनन् ।
यसैगरी, चौधरी ग्रुपले उद्योगबाट ठूलो परिमाणमा निस्किने प्लाष्टिकजन्य र तेलजन्य फोहोर जलाउने प्रविधि काम नचल्ने अवस्थामा रहेको, प्लाष्टिकजन्य र तेलजन्य हानिकारक ठोस फोहोर उच्च तापक्रममा जलाउने, तताउने प्रबन्ध मिलाई हानिकारक ग्यास उत्सर्जन गरेको, पार्कभित्रको उत्तर, पूर्व र पश्चिम सिमानामा स्थानीयको जग्गासँग जोडिएर लगाइएको रुखहरुले स्थानीयको बालीनालीमा असर पारेको र स्थानीयवासीसँग समन्वयकालागि जनप्रतिनिधि सम्मिलित सीजी प्रतिनिधिसहितको समन्वय समिति गरी सबै कार्य गर्ने गराउने सहमति गरे पनि सो सहमतिविपरीत चौधरीले सरकारी तथा निजी जग्गालाई अतिक्रमण गरेर आउँदा समेत सरकारले कुनै कारबाही गर्ने आँट देखाउनसकेको छैन ।
सो नगरपालिकाका कार्यकारी अधिकृत मानबहादुर खड्काद्वारा हस्ताक्षरित पत्रमा पुनश्च भनेर थपिएको छ, ‘यस कार्यालयमा कानुनबमोजिम बुझाउनुपर्ने त्यहाँ उद्योगपरिसरमा रहेका विभिन्न उद्योगहरुको छुट्टाछुट्टै कर एवं जग्गा, भवनहरुको एकीकृत सम्पत्तिकर बक्यौतासहित भुक्तानी गर्न र त्यस परिसरभित्र रहेका घर, भवन, संरचनाहरुको नक्सापास गर्नु÷गराउनुहुन समेत यसै पत्रद्वारा निर्देशन दिएको छ ।’ तर एक वर्ष बितिसक्दा समेत सो ग्रुपले सरकारी ढुकुटीमा बुझाउनुपर्ने कुनै पनि कर, चौधरी ग्राम भनेर अतिक्रम गरेको जग्गाभित्रका कुनै पनि घरको नक्सापास समेत नगरी सरकारी नीतिनियम र कानुनलाई हातमा लिँदै अर्बौँ रुपैयाँ कर छली गर्दैै आएको ठहर सो नगरपालिकाले गरेको छ ।
सो नगरपालिकाको पत्रअनुसार गत वर्षको माघ २१ सम्म यी सबै बुँदा पालना हुनुपर्ने उल्लेख थियो तर २०७५ साउनको दोस्रो साता बितिसक्दा समेत अहिलेसम्म सो उल्लिखित निर्देशनलाई बेवास्ता गरेर चौधरी ग्रुपले कानुनलाई समेत हातमा लिँदै आएको प्रमाणित भएको छ । यसबारे सीजी प्रशासनले पनि कुनै प्रक्रिया अघि बढाएको छैन । देवचुली नगरपालिकाले पटक–पटक ताकेता गर्दा समेत चौधरी ग्रुपले भने कुनै चासो नदेखाएपछि कारबाही गर्ने आँट सो नगरपालिकाले समेत गर्नसकेको छैन । अहिले चौधरी ग्रुपका मालिक विनोद चौधरी तत्कालीन एमाले छोडेर नेपाली कांग्रेसबाट संघीय संसद्मा मधेशीकोटाबाट सांसद् बनेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट