November 21, 2024, 9:06 am
» क्रिश्चियन धर्म प्रचारमा अबौं लगानी गर्दै आइएनजीओहरू » प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने » अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित » एक महिनामा थपिए ३ लाख ३१ हजार वालेट प्रयोगकर्ता » ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

फ्लप भयो बबी र सूर्या अभिनित ‘कंगुवा’

मंसिर ३, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं- तमिल नायक सूर्या र बलिउड नायक बबी देओल अभिनित फिल्म ‘कंगुवा’ले प्रदर्शनको सुरुवाती चार दिनमै कमजोर व्यापार गरेको छ ।

प्रदर्शनअघि बहुप्रतिक्षित फिल्मका रुपमा चर्चा पाएको यस फिल्म बक्स अफिसमा कमजोर सावित भएको हो । बबी देओल खलपात्रको भूमिकामा रहेकाले फिल्मले चर्चा पाएको थियो ।

भारतीय मिडियाहरूका अनुसार यस फिल्मले अपेक्षितभन्दा कम व्यापार गरेको थियो । अझ नकारात्मक ‘वर्ड अफ माउथ’का कारण अकुपेन्सीमा कमी आएको हो ।

भारतीय फिल्महरूको बक्स अफिस रोपोर्ट रार्वजनिक गर्ने सैकनिल्कका अनुसार ‘कंगुवा’ले प्रदर्शनको पहिलो दिन बिहीबार २४ करोड भारुको मात्रै व्यापार गरेको छ ।

त्यस्तै, शुक्रबार ९ करोड ५ लाख, शनिबार ९ करोड ८५ लाख, आइतबार करिब १० करोडको व्यापार गरेको छ । अर्थात् फिल्मले सुरुवाती चार दिनमा ५३ करोड ३५ लाखभारु ग्रस कलेक्सन गरेको छ । यो कमाइ तेलगु र हिन्दी दुवै भाषाको कमाइ हो ।

भारतीय मिडियाहरूको अनुसार दोस्रो दिन फिल्मको व्यापार आधाभन्दा बढीले घट्नुको कारण नकारात्मक वर्ड अफ माउथ हो । यो फिल्मको लगानी ३५० करोड भारुभन्दा बढी रहेको बताइएको छ ।

प्रतिक्रिया