November 22, 2024, 3:39 am
» सहकारी ठगी : जोशीसँग बयान लिइयो,लामिछानेलाई पनि बयानका लागि ल्याइने » आजको मौसम : देशका अधिकांश भागमा सफा रहने » दरबारमार्गमा एमालेले शक्ति प्रदर्शन गर्दै » इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी » घुस लिएको भन्ने अमेरिकी आरोप निराधार भएको अदानी समूहको दाबी

रवि र छबिविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

मंसिर २, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

काठमाडौं,

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले रवि लामिछाने र छबिलाल जोशीलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

प्रतिक्रिया