November 21, 2024, 8:51 am
» अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित » एक महिनामा थपिए ३ लाख ३१ हजार वालेट प्रयोगकर्ता » ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात » रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी » निरन्तर बढ्दै सुनको भाउ, फेरि तोलाको पुग्यो १ लाख ६४ हजार

निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

मंसिर २, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

 

म्याग्दी, : अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् ।

प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि प्राप्त गरेका अन्नपूर्ण-३ दानाका वडाध्यक्ष रमेश पुर्जाले बताउनुुभयो ।

चौतीस जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया र दुई जनाको आँखामा पलाएको मासु निकालिएको उहाँले बताउनुभयो । दाना, नारच्याङ, भुरुङ-तातोपानी, शिख, घार, दोवा र मुस्ताङको थासाङ गाउँपालिकाका बासिन्दाले पनि शिविरबाट सेवा लिएका थिए ।

शिविरमा भैरहवाको कृष्ण नेत्रालयकी डा सल्मा केसी, विद्यालयकै पूर्वविद्यार्थी डा सुमिन्द्रा पुनसहितको टोलीले सेवा प्रवाह गरेको थियो ।

प्रतिक्रिया