November 16, 2024, 11:32 am
» चीनसँग भएका सम्झौता तत्काल कार्यान्वयनमा लैजान विज्ञहरूको सुझाव » धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री » इजरायली निकासी आदेशपछि दक्षिण बेरुतमा पुनः आक्रमण » गठबन्धनमा कुनै खटपट छैन् ,उपनिर्वाचनमा एक्लाएक्लै लड्दा कुनै असर पर्दैन: राजन भट्टराई » करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

उपनिर्वाचन : वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय

मंसिर १, २०८१ मा प्रकाशित | २२०दर्शक तीव्रखबर

कञ्चनपुर– यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि भीमदत्त नगरपालिका-६ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।

नगरपालिकाको वडा नं ६ को रिक्त वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश लिलाराज अधिकारी रहेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबारदेखि स्थापना गरी सञ्चालनमा ल्याइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले बताए।

‘मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचनका लागि आवश्यक सामग्री व्यवस्थापनको कार्य गरी रहेका छौँ’, उनले भने, ‘जनशक्ति व्यवस्थापनको कार्य भइरहेको छ ।’

उनका अनुसार छ वटा मतदान केन्द्रमा मतदान अधिकृतसहित ३० जना कर्मचारीलाई खटाइने छन् । मतदान केन्द्रमै छ जना स्वयंसेवक राखिने भएका छन् । निर्वाचन कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीअनुसार पाँच हजार ४३४ मतदाता रहेका छन । त्यसमध्ये पुरुष मतदाता दुई हजार ६६५ र महिला मतदाता दुई हजार ७६९ रहेका छन् । सबै मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने कार्यालय प्रमुख जोशीको भनाइ छ ।

 निर्वाचन कार्यतालिकाअनुसार मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, ६ गतेदेखि १३ गतेसम्म उम्मेदवारले प्रचार प्रसारको कार्य गर्ने कार्यक्रम तय गरिएको छ । मङ्सिर १६ गते शान्ति निकेतन माध्यमिक विद्यालयमा निर्धारण गरिएका मतदान केन्द्रमा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान गर्ने कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया