December 25, 2024, 1:39 pm
» बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै » मन्त्री भण्डारी र सचिव निरौलाको कारण मन्त्रालय अस्तव्यस्त » इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो

गठबन्धनमा कुनै खटपट छैन् ,उपनिर्वाचनमा एक्लाएक्लै लड्दा कुनै असर पर्दैन: राजन भट्टराई

मंसिर १, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं । नेकपा एमालेका नेता डाक्टर राजन भट्टराईले स्थानीय उपनिर्वाचनका लागि उम्मेद्वार टुंगो लागिसकेको बताउनुभएको छ ।

यहि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमालेले सबैतिर सर्वसम्मतरुपमा टुंगो लगाइसकेको स्पष्ट पार्नुभयो । उप निर्वाचमा कुनै पनि दलसँग तालमेलको नीति नरहेकाले एकल उम्मेदवार उठाएको र एक्लै निर्वाचन लड्ने नेता भट्टराईको भनाइ रहेको छ । नेपाली कांग्रेससँग सहकार्यमा सरकारमा रहेको एमालेले कांग्रेससँग पनि उपनिर्वाचनमा प्रतिष्पर्धा गर्न लागेको छ ।

नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा कुरा गर्दै नेता भट्टराईले उपनिर्वाचनमा एक्लाएक्लै लड्दा वर्तमान गठबन्धनमा कुनै पनि असर नपर्ने दाबी गर्नुभएको छ।

यस्तै उहाँले बाहिर आइरहेको जस्तै गठबन्धनमा खटपट र मतभेद पनि केहि नभएको स्पष्ट पार्नुभयो । ससाना कुराले गठबन्धनमा असर नपर्ने दाबी गर्दै उहाँले यो सरकार ०८४ सम्मै रहनेमा कुनै शंका नरहेको बताउनुभयो ।

यस्तै नेता भट्टराईले वर्तमान सरकारबाट जनताले आस गरेका सबै कामहरु नभए पनि विस्तारै हुनेक्रममा रहेको बताउनुभएको छ । एकैपटक केहि पनि हुन नसक्ने भएकाले सरकारले जनतालाई पहिलो प्राथमिकतामै राखेर काम गर्नुपर्ने र गरि पनि रहेको उहाँको दाबी रहेको छ ।

प्रतिक्रिया