November 16, 2024, 6:44 am
» एमाले इलामको अध्यक्षमा बराल निर्वाचित » गण्डकी प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण » शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? » मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु » नेसन्स कप फुटबल : पोर्चुगल क्वार्टर फाइनलमा

तराईका केही भूभागमा हुस्सु र कुहिरो, एकदुई स्थानमा वर्षाको सम्भावना

मंसिर १, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।आज सूर्योदय बिहान ६ बजेर २६ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।

प्रतिक्रिया