November 15, 2024, 9:51 am
» Eight killed from dengue in Gandaki province in last 10 months » रविलाई भैरहवाबाट पोखरा लगियो » नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू » खोलामा थुप्रिएको नदीजन्य पदार्थ निकाल्न सकेको छैनौँ : नगरप्रमुख क्षेत्री » राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा सुरू

फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन

कार्तिक ३०, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति गर्ने समय सकिएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले अदालतको आदेशपछि फोहोरमा भइरहेको एक खालको अवरोध पाखा लागेको बताएका हुन् ।

बालेनले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा लगातार प्रयास गरेको भएपनि सँधैअवरोध भइरहेको भन्दै महानगरले भारतको इन्दोरमा रहेको फोहोर व्यवस्थापनको मोडल अनुसार काम गर्ने स्पष्ट गरेका छन् ।

साथै बालेनले काठमाडौँको फोहोरको दिगो व्यवस्थापन सम्भव भएको भन्दै राजनीतिक दाउपेच छोडेर महानगरलाई साथ दिन अपिल समेत गरेका छन् ।

प्रतिक्रिया