February 25, 2025, 1:15 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू

कार्तिक ३०, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं : नेपालबाट बंगलादेशमा आजदेखि बिजुली निर्यात सुरू भएको छ। शुक्रबार नेपाल,भारत र बंगलादेशका ऊर्जामन्त्रीहरूको भर्चुयल सहभागीतामा बिजुली निर्यातको उद्घाटन गरिएको हो।

भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेशमा ४० मेघावाट बिजुली निर्यात गरिएको हो। आज राति  १२ बजेपछि मात्रै बिजुली निर्यात हुनेछ।

गत असोज १७ मा भएको त्रिपक्षीय  सम्झौताअनुसार नेपालले आजदेखि  बिजुली बंगलादेश पठाउन लागेको हो। नेपाल विद्युत  प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता भएको छ।प्राधिकरणको सम्झौताअनुसार प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले बिजुली बिक्री गर्न लागेको हो। बंगलादेशमा निर्यात हुने बिजुलीको मिटर भारतको मुजफ्फरपुरमा रहनेछ। त्यही मिटरका आधारमा प्राधिकरणले पैसा पाउनेछ।

प्रतिक्रिया