November 14, 2024, 6:07 am
» हिजबुल्लाहको आक्रमणमा ६ इजरायली सैनिकको मृत्यु » आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? » प्रि-ओपन सेसनमा नेप्से ४ अंकले बढ्यो » पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल » छ लाख नगदसहित कौडा खेलिरहेका १३ जना पक्राउ

कालीकोटमा जिप दुर्घटना अपडेट : मृतक ६ जनाको पहिचान खुल्यो

कार्तिक २५, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

मान्म (कालीकोट),  : कालीकोटको् पलाता गाउँपालिका-३ राडुनेटामा जिप दुर्घटना परेर मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता गाउँपालिका-६ की दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र  गणेश शाही, पलाता-५ की छाया शाही तथा पलाता-३ का दमन रोकाया रहेका छन् ।

यस्तै दुर्घटनामा परेर घाइते हुनेहरुमा पलाता-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भुपेन्द्र  रोकाया, पलाता-३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया, ठेगाना नखुलेका जिपका चालक धनिराम रावत तथा पलाता-५ का दोली विक र आयुशा विक रहेका प्रहरीले जनाएको छ ।

घाइते १३ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि कर्णाली प्रादेशीक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ । पलाता गाउँपालिका-५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको  कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया