November 14, 2024, 5:50 am
» आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? » प्रि-ओपन सेसनमा नेप्से ४ अंकले बढ्यो » पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल » छ लाख नगदसहित कौडा खेलिरहेका १३ जना पक्राउ » गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

रवि र छवि अझै १३ दिन हिरासतमै रहने

कार्तिक २५, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं,  । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई चौथो पटक म्याद थप गर्दै १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सोही मुद्दामा पक्राउ परेर कास्की प्रहरीकै हिरासतमा रहेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई पनि अदालतले १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया