November 14, 2024, 5:11 am
» पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल » छ लाख नगदसहित कौडा खेलिरहेका १३ जना पक्राउ » गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन » यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर » राैतहटमा भव्यताका साथ मनाए एकादशी पर्व

ओलीमाथि प्रचण्डको आशंका : आफ्नो कुर्सी बचाउन एसपीपी सम्झौता गर्नसक्छन्

कार्तिक २५, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अगाडि बढाउन सक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरका छन्। प्रेस सेन्टर नेपालले मकवानपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एसपीपीलाई प्रधानमन्त्री ओ‌लीले अघिल्लो पटक सैद्धान्तिक सहमति दिइसकेको बताउँदै अगाडि बढ्नेमा आशंका व्यक्त गरेका हुन्।

‘एसपीपीलाई अहिलेका प्रधानमन्त्रीजीले अघिल्लो पटक नै सैद्धान्तक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरुमा आइसकेको छ।  अमेरिकन सरकारले त्यसलाई आधिकारिक रुपले  पनि भनि सकेको छ। यो गम्भीर चिन्ताको विषय छ। यसकारण यो सरकार नेपालको राष्ट्रिय स्वाधिनताको सौदाबाजी गर्ने,आफ्नो कुर्सी बचाउनका लागि राष्ट्रप्रति घात गर्नेतिर अगाडि बढ्ने त होइन ? सैद्धान्तिक सहमति आफै पनि गम्भीर विषय हो। त्यसमा अब सम्झौता गर्नेतिर जाने हो भन्ने स्थिति छ,’उनले भने।

उनले यस्ता विषयहरूमा जनतालाई सुसूचित गराउने र सतर्क गराउन आवश्यक रहेको बताए।

सपीपीलाई प्रधानमन्त्री ओ‌लीले अघिल्लो पटक सैद्धान्तिक सहमति दिइसकेको बताउँदै अगाडि बढ्नेमा आशंका व्यक्त गरेका हुन्।

अध्यक्ष प्रचण्डले अहिलेको सरकारले जनताको पक्षमा काम नगरेको जिकिर गरे। अहिले सरकारको १०० दिन वितिसकेको । राम्रो काम भइरहेको छैन भन्ने कुरा सबै नेपाली जनताले बुझेका छन्,’उनले भने,’  राम्रामाथि आक्रमण र नराम्रोको रक्षा गर्नतिर सरकार गएको हो कि भन्ने सबैलाई लागेको छ।’

उनले ओली नेतृत्व गठबन्धन सरकार विचौलियाहरूको पहलमा भएको र विचौलियाकै पक्षमा काम गर्ने आरोप लगाए। उनले भने,’प्रधानमन्त्री केपी शर्मा ओली स्वयंमले जसकामाथि अदालतमा  मुद्दा छ त्यस्ता व्यवसायीको दानका नाममा लिएको कुरा भ्रष्टाचार नै हो। करेक्सन गर्नुको सट्टा पुष्टि गर्ने कोशिस गरेको छ। सरकार राष्ट्र र जनताको पक्षमा काम गर्नेभन्दा विचौलिया र त्यस खालका शक्तिका पक्षमा काम गर्ने खोजेको देखियो।’

 प्रचण्डले मन्त्री हुनका लागि सांसद हुनुपर्ने बाध्यात्मक अवस्था हटाउनका लागि निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताए। उनले सरकार छाडेपछि माओवादी सहज अवस्थामा रहेको र जनतातर्फ फर्कने राम्रै अवसर प्राप्त भएको बताए। आफू नेतृत्वको सरकारले गरेका काम र उपलब्धीहरू जनतालाई जानकारी गर्दै पार्टीलाई बलियो बनाउन ध्यान केन्द्रीत गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया