November 14, 2024, 5:16 am
» पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल » छ लाख नगदसहित कौडा खेलिरहेका १३ जना पक्राउ » गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन » यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर » राैतहटमा भव्यताका साथ मनाए एकादशी पर्व

सबै कारबाहीको दायरामा नआएसम्म देश थप दलदलमा फस्ने : अध्यक्ष केसी

कार्तिक २५, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय जनमोर्चाले पुराना दलहरु भन्दा नयाँ भनिएका राजनैतिक दलहरु झनै भ्रष्ट भएको आरोप लगाएको छ।

पुराना दलको विकल्प भन्दै आम जनमानसमा भ्रम छरेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा झनै भ्रष्ट बन्दै जाँदा देश थप भुमरीमा परेको अध्यक्ष चित्रबहादुर केसीले आरोप लगाउनु भयो।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहससँग कुराकानी गर्ने क्रममा अध्यक्ष केसीले सहकारीको रकम अपचलनमा अनुसन्धानका लागी हिरासतमा रहेका रास्वपा सभापति रवी लामिछाने र उनको दलका नेताहरु सबै अहिले अनुसन्धान प्रभावित पार्न र पुराना दलहरुले जस्तै आँफुहरुले पनि भ्रष्ट्राचार गर्न पाउनुपर्ने उद्देश्यमा लागेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष केसीले कांग्रेस, एमाले, माओवादी जस्ता पुराना दलहरु जिम्मेवार नबन्दा देश थला परेको बताउनुभयो।आफ्ना पार्टीका जस्तासुकै अपराधीलाई पनि बचाउने पुराना दलको प्रवृति नसच्चिएसम्म र सबै कारबाहीको दायरामा नआएसम्म देश थप दलदलमा फस्ने दाबी गर्नुभयो।

अहिले देश विकराल अवस्थामा गुज्रिरहेको समयमा नयाँ र बैकल्पीक भन्दै नेपालमा उदाएका वर्तमान कुनै पनि पार्टीबाट देश नबन्ने अध्यक्ष केसीले ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया