November 21, 2024, 10:30 am
» बसको ठक्करबाट बालिकाको मृत्यु » राजस्व संकलन १७ प्रतिशतले बढ्यो » नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै » Nepal-India military cooperation talks today » जग्गा भाडामा लिएर कृषि गर्नेलाई ५० प्रतिशत अनुदान दिने निर्णय

‘पूर्ण बहादुरको सारङ्गी’ले पाँच दिनमा चार करोड ८७ लाख कमायो

कार्तिक २०, २०८१ मा प्रकाशित | १०००दर्शक तीव्रखबर

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले पाँच दिनमा चार करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार चलचित्रले सोमबारसम्म ४ करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

पाँच दिनमै निर्माताले लगानी उठाएर नाफामा गएको वितरकको दाबी छ । ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख रुपैयाँमा निर्माण भएको हो । चलचित्रले आक्रामक कलेक्सन गरिरहेको छ । सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

प्रतिक्रिया