November 27, 2024, 1:49 pm
» सर्वोच्चले छोड्न मानेन दुर्गा प्रसाईंलाई » परराष्ट्रमन्त्री भोलि चीनको औपचारिक भ्रमणमा जाँदै » क्यानडाले किन निष्कासन गर्‍यो दुई नेपालीलाई? » धनी र गरीबबीचको खाडल मेटिनुपर्छ : प्रधानमन्त्री » सेयर बजार निरन्तर उकालोतिर, कारोबार ९ अर्ब नाघ्यो

माडी नदीमा २ जनाको शव फेला

कार्तिक १६, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौँ । माडी नदीले बगाउँदा प्युठानमा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार माडी नदीमा स्वर्गद्वारी नगरपालिका-५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी-३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव भेटिएको छ ।

बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो २ बजे भिंगृस्थित तापा र बर्जिबाङ जोड्ने बेली ब्रिजको दुई सय मिटर तल भेटिएको हो ।

त्यस्तै खनाललाई स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्केपछि बेलिब्रिजको छेउमा नुहाउन जाँदा नदीले बगाएको थियो । खनालको शव गोठिबाङको घण्टीखोला दोभानमा फेला परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया