म्यानचेस्टर आत्मघाती हमलाको आईएसद्वारा जिम्मेवारी लियो

- May 25, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

लन्डन बेलायत । बेलायतको म्यानचेस्टर सहरमा सोमबार राति एक साङ्गीतिक कार्यक्रमस्थलमा गराइएको आत्मघाती हमलाको इस्लामिक स्टेट आईएस समूहले जिम्मेवारी लिएको छ ।सोमबार साँझ आयोजित सङ्गीतमय बनिरहेको साँझलाई कार्यक्रमकोे अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल परिसरमा भयानक आवाजसहित उक्त बम बिस्फोट भएको थियो ।

घटनामा २२ जनाको ज्यान गएको थियो भने करिब ६० जना घाइते भएका थिए । घाइते सबैजनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट