महासंघमा प्रहरी, होटल व्यवसायीको पकट : नेतृत्व लिन यस्तो गर्छन् हर्कत

- April 22, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महांसघको आसन्न महाधिवेशनलाई प्रभावित पार्ने उद्देश्यले हाल कार्यरत नेपाल प्रहरीका जवानदेखि होटल व्यवसायी र यातायात व्यवसायी महासंघका कर्मचारीसम्मलाई साधारण सदस्यता वितरण गरिएको खुलासा भएको छ । महासंघका जिल्ला र सम्बन्धित शाखाको अधिकार अतिक्रमण गर्दै गैरपत्रकारलाई समेत महासंघको सदस्यता दिन केन्द्रलाई सिफारिस गरेपछि पत्रकार महासंघ पत्रकारको भन्दा पनि पुलिस, होटल व्यवसायी र यातायात व्यवसायीको छाता संगठन जस्तो बन्ने पुगेको आरोप समेत श्रमजीवि पत्रकारहरुले लगाएका छन् ।

जिल्ला शाखामै आफ्नो दवदवामा राख्ने उदेश्यले गैरपत्रकारलाई सदस्यता सिफारीस गरेर केन्द्रमा समेत आफ्नो इच्छा अनुसार नयाँ नेतृत्व चयन गर्ने उदेश्यले पछिल्लो समयमा अस्वस्थ्यप्रतिस्पर्धा चलेको छ । नेपाल प्रहरीको क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय देखि व्यवसायी र दलका नेतालाई समेत सदस्यता दिनभन्दै सिफारिस गरेपछि सवैभन्दा ठूलो विवाद जिल्ला शाखा काठमाडौंमा परेको छ ।

पटक÷पटक अधिबेशन समय सार्दै बैंशाक ९ गतेबाट सुरु भएको अधिबेशनमा आफ्नो नेतृत्व लिनकैलागि बागबजार, पुतलीसडक र सुन्धारास्थित रहेका होटलहरुमा गरिएको अन्धधुन्ध खर्चले पनि श्रमजीवि पत्रकारहरुको हकहितबाहिर महासंघ पुगेको ठहर समेत सदस्यहरुले गरेका छन् ।
५ जना प्रहरी जवान सहित ठूलो संख्यामा गैरपत्रकारलाई सदस्यता प्रदान गरेपछि जिल्ला शाखा काठमाडौंमा विवाद चर्किदै गएको छ । शाखाभित्र नेपाल प्रेस यूनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार महासंघबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यबिच उनीहरुलाई सदस्यता दिने नदिने विवाद चर्केपछि यो विषय बाहिर आएको हो ।
गोप्यरुपमा प्राप्त जानकारी अनुसार जसअनुसार जेटिए तालिम लिएर गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा म्यादी प्रहरी बनि सकेकाले समेत पत्रकार महासंघको सदस्य पाएको दाबी स्रोतको रहेको छ ।

यातायात व्यवसायी संघ, होटल व्यवसायी संघ, काठ व्यवसायी, एमाओवादी जिल्ला कमिटीका सदस्यलगाएतका गैरपत्रकार रहेका छन । महासंघ केन्द्रले आह्वान गरेअनुसार नयाँ सदस्यताका लागि कुल पाँच सय ५३ को आवेदन परेको र चार सय ४० लाई सिफारिस गरिएको जनाएको छ । सो पत्रकारकै सूचीमा गैरपत्रकारहरुको उल्लेख्य नाम रहेको छ । शाखाका अध्यक्ष गोविन्द चौलागाईंले प्रक्रिया पु¥याउने नाममा गैरपत्रकार नपरून् र कार्यरत पत्रकार नछुटून् भन्ने ध्येयका साथ काम भइरहेकाले बताएपनि भित्रभित्रै गैरसदस्यलाई सदस्य दिएर मोटो रकम समेत संकलन गरेको आरोप लगाइएको छ ।

गैरसदस्यलाई दिएको सदस्य वितरणदेखि नेतृत्व हत्याउने उदेश्यलले अहिले बागबजार, पुतलीसडक र सुन्धाराका होटलहरुमा मादक पदार्थदेखि रकम वितरण समेत गरेको आरोप लगाइएको छ । सो कार्यमा चौतारीबाट अध्यक्षका दाबेदार शान्त विडारीले बागबजारको हार्दिक होटलमा मादकपदार्थ सहित पार्टी दिएको समेत आरोप लगाइएको छ । यसैगरी आफ्नो पहिचाननै समात्त हुने गरि नेपाल प्रेस युनियनले पनि प्रेस सेन्टरसंग मिलेर लोपनै हुने अबस्थामा पुगेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!