आशिष स्मृति पुरस्कार सीतालाई

- March 30, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

इलाम । नेपाल पत्रकार महासङ्घ इलाम शाखाले प्रत्येक वर्ष वैशाख १ गतेका दिन प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार यसपटक ताप्लेजुङकी पत्रकार सीता निरौलालाई प्रदान गर्ने भएको छ ।मेची अञ्चलका एक उत्कृष्ट पत्रकारलाई प्रदान गरिँदै आएको सो पुरस्कारबाट पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सीतालाई दिने निर्णय गरिएको महासङ्घ इलाम शाखाकी अध्यक्ष कोकिला ढकालले बताउनुभयो ।सीता बिबिसी र अन्नपूर्ण पोष्ट दैनिक ताप्लेजुङकी संवाददाताका हुनुहुन्छ । विगतमा पाँच हजार पुरस्कार प्रदान गरिँदै आएको सो पुरस्कारको रकम यो वर्षबाट वृद्धि गरेर रु १० हजार बनाइएको शाखा अध्यक्ष ढकालले जानकारी दिनुभयो ।२०५९ साल वैशाख १ गते दुर्घटनामा परी मृत्यु भएका इलामका पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पुरस्कारको स्थापना गरेको हो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!