सुन तस्करीको जालो : सिहदरवारदेखि शंखमुलसम्म

- January 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । त्रिभुबन अन्तर्राष्ट्रि विमानस्थलबाट सेटिङमा हुदै आएको अबैध सुन ओसार प्रसार कार्य रोकिने भन्दा पनि दैनिक रुपमा बढ्दै गएको छ । विमानस्थलमा कार्यरत सरकारी कर्मचारी र सुन आयात गर्ने व्यवसायीबीच कमिशनको कुरामा मोलतोल नमिलेपछि सानोसानो परिमाणमा सुन नियन्त्रण हुदै आएपनि पछिल्लो समयमा कमिशन लिनेक्रममा कुरा नमिल्दा ३३ किलो सुन बरामदभए संगै नेपालभित्र सुन तस्करको मुख्य जालोको खुलासा भएको छ ।

गोप्यरुपमा सुरक्षा निकायबाट प्राप्त जानकारी अनुसार नेपालभित्र सुन कसरी ल्याउने कस्ले ल्याउने भन्ने योजना सिहदरबार भित्रको गृह र अर्थमन्त्रालय, मन्त्री निवास पुल्चोक, सानो भ¥याङ् हुदै शंखमुलसम्म रहेका छन् । गोप्य रुपमा भएको अनुसन्धानमा पहिलो पटक काठमाडौंको सानो भ¥याङ, चाबहिल, बौद्ध, नयाँबानेश्वर र शंखमुलमा रहेका व्यवसायीको घरमा मुख्य योजना तयार गरिने र त्यो योजना सिहदरबारभित्र गृह र अर्थमन्त्रालयमा लगी अन्तिम निर्णय गरिने गरेको खुलेको छ ।
सुन र अबैध विदेशी मुद्राको कारोवारमा विगतमा तातोपानी नाकाबाट अबैध रक्तचन्दन कारोवार गर्ने नै सक्रिय रहेको समेत खुलेको छ । तातोपानी नाका भएर व्यापार व्यवसाय गर्ने तातोपानीका केही व्यपारीहरु अबैध सुन र डलर तस्करीमा लागेकोबारे तीव्रखबरले नाम सहित यस अधिनै समाचर प्रकाशन गरि सकेको छ ।

तातोपानीका क्यारीङ (व्यापारीको सामान भन्सार छुटाउने र भन्सार नाका देखि काठमाडौ र भारतसम्म पु¥याउने) काम गर्नेकै सक्रियतामा सुन र डलरको भरियाको काम हुर्दै आएको छ । सेटिङमै नेपाल प्रहरी, अर्थमन्त्री, गृहमन्त्रीसमेतको सहयोगमा बच्चु पौडेल, नारायण पौडेल, दिनेश श्रेष्ठ, अशोक श्रेष्ठ, राजेन्द्र श्रेष्ठ र दुर्गाबहादुर श्रेष्ठ लगाएतले सुन तस्कारीको भारियाको काम गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

एक किलो सुन बेच्दा ७ लाख रुपैयाँ अतिरिक्त नाफा हुने भएकै कारण अहिले सुनको अवैध कारोबार फस्टाएको हो । भुकम्प अधिसम्म तातोपानी नाकाबाट खुलारुपमा भित्रने सुन अहिले सो नाका बन्द भएपछि एकाएक केरुङ–रसुवा मार्ग प्रयोग गरि तस्करी हुन थालेको छ । यसरी सुनको अवैध कारोबारमा उच्च तहकै व्यक्ती संलग्न भएको खुलेपछि ३३ केजी सुनको अनुसन्धान समेत औपचारीकमा मात्र रहेको छ ।

यो पनि पढ्नु होला: 

यि हुन सक्कली सुन तस्कर (नाम सहित)

सुन काण्डको छानविन सिआइबीलाई नदिने तयारीमा आइजीपी अर्याल

गृह र अर्थमन्त्रीलाई भजाउदै सुन तस्कर गर्ने यि हुन

यस्ता छन् सुन तस्करका नार्ईकेहरुको सञ्जाल (नाम सहित)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!