छ सय बढि बिरामीले पाए आँखाको निशुल्क उपचार

- January 18, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-एश्वर्या श्रेष्ठ

सिन्धुपाल्चोक । आँखामा मोतिबिन्दु भएका एक सय पचास जना बिरामिले इन्द्रावती सामुदायिक सेवा केन्द्र सिपाघाटमा तिल गङ्गा आँखा अस्पताका डक्टरहरु द्वारा निशुल्क उपचार पाएका छन ।

गरिबीका कारण राजधानी सम्म गएर उपचार गर्न पहुच नपुगेका भिमटार, सिपापोखरे, नहलपुर, भोटसिपा, बाडेगाउ, बासबारी, फटकशिला, तातोपानी लगाएत झण्डै दस गाबिस भन्दा बढीका आँखामा मोतिबिन्दु भएका बिरामीहरुलाई उपचार गराइएको थियो ।

इन्द्रावती सामुदायिक सेवा केन्द्र, नेपाल रेडक्रस सोसाईटी उपशाखा सिपाघाट र तिल गङ्गा आँखा प्रतिष्ठान गौशाला, जिल्ला सामुदायिक आँखा केन्द्र चौताराको सङ्युक्त आयोजनामा सिपाघाटमा छ सय भन्दा बढि बिरामीले उपचार पाएको इन्द्रावती सामुदायिक सेवा केन्द्रका अध्यक्ष कुबेर श्रेष्ठले बताउनु भयो ।

राजधानीबाट नजिक भएर पनि त्यहाका जनताले राम्रो स्वास्थ उपचार गर्नबाट बन्चित हुनु परेका बेला आँखा जस्तो अति संबेदनसिलको उपचार गर्न पाउँदा स्थानियहरु खुशी देखिन्थे ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!