होमियोप्याथिक उपचार

- January 17, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विराटनगर । नेपाल होमियोपेथिक चिकित्सक सङ्घ, विराटनगरको आयोजनामा सुनसरीको अमडुवामा संयुक्त स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।डा टिएन रायको ४०औँ पुण्यतिथिका अवसरमा सोमबार आयोजित सो शिविरमा निःशुल्क आँखा, कान र दाँतको उपचारका साथै होमियोपेथिक पद्धति९थोरै औषधिबाट गरिने उपचार०बाट समेत उपचार गरिएको थियो ।सो अवसरमा विराटनगर आँखा अस्पतालद्वारा तीन सय २२ जनाको उपचार गरिएकामा एक सय २० जनामा मोतीबिन्दुको पहिचान गरियो । त्यस्तै एक सय ५० जनाको उपचार गरी निःशुल्क रुपमा औषधिसमेत वितरण गरिएको थियो ।डा अजयकुमार रायले दाँतको उपचार तथा नेपाल होमियोपेथिक सङ्घबाट डा रवीन्द्र कुमार, डा रवि प्रकाश, डा आशिष कुमार, डा नीरज कुमार, डा अशोक कुमार, डा शिव कुमारलगायतले सेवा प्रदान गर्नुभएको थियो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!