रामदेबले हुण्डीमार्फत अकुत सम्पत्ती देशबाहिरःमहतोलाई देखाई अबैध रकम नेपालपनि भित्रियो

- November 28, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र एक हजार रुपैयाँको नोटको चल्तीमा बन्द गरेपछि विभिन्न अबैध रुपमा जम्मा भएको रकमलाई बैद्य बनाउनकै लागि चोरबाटोबाट नेपाल भित्रन थालेको छ । स्रोत नखुलेको सवै सम्पत्ती सरकारी करण गरिने उदेश्यले बन्द गरिएको सो योजना अनुसार अकुत सम्पत्तीको मालिक भएका रामदेशले नेपाली व्यवसायीको सहयोगमा हुण्डी मार्फत अबैध रकम नेपाल भित्रिएको अनुमान समेत गरिन थालेको छ ।
आफु संलग्न रहेको कम्पनीबाट मुनाफा वितरण नगर्न नपाउने कुनै पनि कम्पनीले लगानी अनेन्त्र ल्याउन पाउदैन तर, आफ्नो अबैध स्रोत नखुलेका सवै सम्पत्तीलाई बैद्य बनाउनकै लागि रामदेबले हुण्डी मार्फत रकम नेपाल ल्याएको खुलेको हो । भने अर्को कम्पनीसंग पनि उनको कुनै सम्बन्ध नरहेको कानूनी रुपमा समेत नभेटिएपछि हालै नेपालको विरगञ्जमा स्थापन गरेको कम्पनी गैरकानूनी र विना स्वीकृती सञ्चालन गरेको खुलेको हो ।

आफुलाई महान योगगुरु को पगरी गुथेका रामदेवले अनुमति नै नलिई पतञ्जली आयुर्वेद प्रालिमार्फत नेपालमा लगानी गरेपछि उनको कालाधन्धाको खुलासा हुनेक्रममा रहेको छ । कुनै देशमा लगानी गर्नुभन्दा पहिला सो देशको लगानी कानुन अनुसार विवरण पेशगरि दर्ता गरि लगानी गर्न पाईने प्रबधान रहेको छ, रामदेवले नेपाली कानुन विपरित लगानी गर्नुअगावै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार स्वीकृति नलिई आफ्नो व्यवसाय सञ्चालन गरेका छन् । उनी नै सेयर सदस्य रहेको मुनाफा वितरण नगर्ने पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीसमेत कानुनी मिचेर दर्ता गरिएको पाइएको छ । कानून विपरित नै उनले काठमाडौंमा पत्रकार सम्मेलन गरेर १ अर्ब ५० करोड रुपैयाँ लगानी गरि सकेको भन्दै आफ्नो अबैध लगानीको जानकारी दिएका थिए । पतञ्जली संग उनको कुनै सरोकार नभएको समेत खुलेको छ ।
हाल सम्म रामदेव आफैले कुनै पनि उद्योगमा लगानी गर्न पाउने अनुमतिनै लिएको भेटिएको छैन । उनले आफुले सिधै लगानी गर्न नमिल्ने भएपछि गैरआवासीय नेपाली उपेन्द्र महतोको नाममा लागनी देखाएर रामदेबले अबैध लगानी गरेको आरोप समेत लगाईएको छ । पतञ्जली आयुर्वेद प्रालिमा उनकी श्रीमती समता प्रसादको मात्रै लगानी रहेको उल्लेख छ । २०७१ भदौ २४ गते समताको नाममा शतप्रतिशत स्वदेशी लगानी रहने गरी उक्त कम्पनी उद्योग विभागमा दर्ता गरिएको थियो । रामदेवले भने उक्त कम्पनीमार्फत आफूले नेपालमा लगानी थालिसकेको दाबी गरे ५ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेका थिए ।
विदेशी नागरिकले नेपालमा कुनै उद्योग खोल्नुपूर्व उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड वा प्रधानमन्त्रीले लगानी गर्ने लगानी बोर्डबाट लगानी रकम स्वीकृत गराउनुपर्ने प्रबधान रहेको छ । सो प्रबधानलाई बेवास्ता गरि रामदेब र महतोले आफ्नो अनुकुल उद्योग सञ्चालन गरेका हुन । सरकारी अधिकारीका अनुसार उक्त उद्योगमा रामदेवले गैरकानूनी तबरबाट रकम भित्र्याएको अनुमान गरिएको छ । भारतमा अबैधरुमा रहेको करोडौ रुपैयाँको स्रोत खुलाउन नसक्ने भएपछि रामदेबले हुण्डी मार्फत रकम नेपाल ल्याएको अनुमान समेत सरकारी निकायका कर्मचारीले गरेका छन् ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत रहेका महतोले रामदेवको लगानी मुनाफा वितरण नगर्ने कम्पनीबाट नभई पतञ्जली आयुर्वेद प्रालिमार्फत रहेको बताउदै आएका छन् ।
‘मुनाफा वितरण नगर्ने कम्पनी कर नतिरेर सामाजिक काम गर्नका लागि दर्ता गरिएको हो । ऋबैध रुपमा सञ्चालन भएको सो उद्योगलाई मन्त्री र सचिवहरुको दबाबमा दर्ता गरिएको समेत खुलेको छ । विदेशी नागरिकले नेपालमा कुनै उद्यम गर्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ अनुसार मात्रै अनुमति पाउँछ, उक्त ऐनअनुसार अनुमति नलिई कम्पनी रजिस्ट्रारको कार्यालयले सोझै दर्ता गर्नु गैरकानुनी हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा पछिल्लो समय लगानी बोर्ड ऐन २०६८ को व्यवस्थाअनुसार लगानीको अनुमति लिनुपर्ने कानुनी प्रावधान रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!