द्वन्दमा मारिएका कृष्ण प्रसादको नाममा भएको राजनितीको अन्त्य, यसरी तोडिन् गंगामायाले अनसन

- September 14, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । द्वन्द्वकालमा मारिएका आफ्ना छोराका हत्यारालाई सजायको मागसहित वीर अस्पतालको शैयामै आमरण अनसन बसेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले अनसन तोडेकी छन् ।

मृतक छोरा कृष्णप्रसादको हत्याका बिषयमा चितवन जिल्ला अदालतले गंगामायाको साक्षी वकपत्र गराउने आदेश दिएपछि कानुनव्यवसायी र मानवअधिकारबादीको राय सल्लाहामा सोमबार साँझ अनसन तोडेकी हुन्। हत्याका अभियुक्तविरुद्ध चलेको कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतले गंभिरता देखाएर गंगामायाको वकपत्र गराउने आदेश दिएपछि आमरण अनसन तोड्नुभयो ।

उहाँले झोलिलो सुप पिएर अनसन तोड्नुभएको थियो, अनसन तोडाउन सल्लाहका लागि वीर अस्पताल पुगेका अधिवक्ता ओमप्रकास अर्यालले अन्नपूर्णसँग भने, मुद्दामा उहाँसँगै बुझेर निर्णय गर्ने आदेश भएपछि सकारात्मक रुपमा लिनुपर्छ । न्यायका लागि अदालतको सहयोगी बन्नुप¥यो भनेर हामीले सुझाव पनि दियौं। चितवन अदालतका प्रमुख न्यायाधीश टेकनारायण कुँबरको इजलासले यही भदौ २६ गते मुद्दामा गंगामायाको समेत वकपत्र गराउने आदेश दिएको थियो ।

उक्त आदेश अनुरुप गंगामायाको वकपत्र गराउन असोज २ गते चितवन दालतका स्रेस्तेदार काठमाडौं आउँदैछन् । गंगाामायाले छोराको हत्याका प्रमाण दिने शर्तमा अनसन तोडेकी हुन् । छोराको हत्यारालाई पक्राउ गरी न्याय पाउने आसामा सबैको आग्रह अनुरुप अहिलेलाई अनसन तोडेकी छु, अनसन तोड्नेक्रममा उनले भनिन्।

विगत ६ बर्षदेख अनसन बस्दै आएकी उनी विचमा स्थगन गरी पछिल्लो समयमा पुनः ३२ दिनदेखि आमरण अनसनमै थिइन् । उनका छोरा कृष्णको २०६१ साल जेठ २४ गते चितवनमा माओवादीद्वारा हत्या भएको थियो । आफ्नी हजुर आमालाहत्या प्रकरणमा मुद्दा चलाइएका चार अभियुक्तमध्ये गोरखा फुजेलका छविलाल पौडेल र रुद्र आचार्य हालसम्म फरार छन्।

तत्कालिन गोरखा जनसरकार प्रमुख रहेका पौडेलको निर्देशनमा आचार्यले गोली हानी हत्या गरेको दाबी प्रहरीको छ । आचार्य बेलायतमा लुकेर बसेकाले इन्टरपोलमार्फत झिकाउने प्रयास भइरहेको छ । पौडेलका बिषयमा भने कसैलाई जानकारी छैन । अन्य दुई अभियुक्त भने द्वन्द्वकालमै प्रहरीद्वारा मारिएका थिए ।

गंगामायाका पति नन्दप्रसाद अधिकारीको अनसनकैक्रममा दुई बर्षअघि मृत्यु भइसकेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!