विशिष्टलाई स्वदेशी उपचार चल्दैन

- August 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परिक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले कबिर दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मत सम्भार गर्यो ।

विशिष्ट व्यक्ति पद र सरकारी कोषको दुरुपयोग गरेर साधारण र सामान्य उपचारका लागि पनि विदेश गएको भन्दै सर्वसाधरण र संचार माध्यमले आलोचना गरेपछि अस्पतालका विशिष्ट कक्ष मर्मतसम्भार गरिएको थियो ।

अस्पतालले आफ्ना अति विशिष्ट क्याबिन मर्मतसम्भार त गर्यो । तर मर्मतसम्भार गरेपछि एक जना पनि विशिष्ट व्यक्ति उपचारका लागि दुई वर्षयता वीर अस्पताल पुगेका छैनन् ।

विगतमा राजपरिवारका सदस्यहरुले समेत प्रयोग गरिएका आधुनिक र उच्च प्रविधियुक्त बिलासी क्याबिनहरु दुई वर्षदेखि बन्द छन् । आजको नागरिकमा समाचार छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!