प्रहरीको आड्मा जैनको मनपरी, यस्तो छ उनका कर्तुत (प्रमाणसहित)

- August 25, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । भक्तपुर जिल्लामा संचालनमा रहेको एक कम्पनीले ज्यालादारी काम गर्ने मजदुरहरुको श्रम शोषण गर्नुको साथै उनीहरुले प्राप्त गर्नु पर्ने रकम माग्न आएमा ज्यान लिन्छु भन्दै थर्काउँदै पठाउने गरेको र उत्टै उनीहरुको विभिन्न सामान जफत गरि ठगी धन्दामा सक्रिय रहेको फेला परेको छ ।

प्राप्त समाचार अनुसार नयाँ ठिमी भक्तपुरमा रहेको एभरेष्ट मेड प्रा.लि.ले यसरी उक्त कम्पनीमा विभिन्न काम गर्ने कर्मचारी वा ज्यालादारी मजदुरहरुको श्रम शोषण गरेको हो । सो कम्पनीको कम्पाउण्डमा पानी निकाल्नका निम्ति डिप बोडिङ गरेका कान्छु चरण शाह र अम्बिका चुनारले काम गरेको पैसा त पाएनन्, उल्टै पानी निकाल्न प्रयोग गरिने लाखौं मुल्य बराबरका प्राविधिक सामाग्रीहरु समेत सोही कम्पनीको कब्जामा भएपछि उनीहरु अहिले सो कम्पनीबाट पिडित भएको भन्दै न्याएको लागि विभिन्न निकायहरुमा हार गुहार गरिरहेका छन् । योसंगै दैनिक ज्यालादारी गरेर गुजारा चलाउने उनको दैनिकी विचल्लीमा परेको छ ।

IMG_20160824_192442गत जेठ १५ गते शाहले उक्त कम्पनीमा डिप वोडिङको काम सम्पन्न गरेको भएतापनि त्यसयता उनले न त त्यो कम्पनीबाट भूक्तानि पाएका छन् न त प्राविधिक सामाग्रीहरु नै त्यहाँबाट निकालेर अनेत्र काम गर्ने अवस्था नै आएको छ, सो कम्पनीमा फसेको रकम र सामाग्री निकाल्न नपाएर पिडित बनेका शाह भन्छन् मैले सो कम्पनीमा तीन सय ९० फिट डिप बोडिङ खनेको लागत रकम र क्षतीगरि दुई लाख सत्र हजार भू्क्तानी लिन बाँकी छ । मेरो पारिश्रमीकको त कुरा छोडौं उल्टै मेरो कमाई खाने सम्पूर्ण सामान कब्जा गरि ज्यान मार्ने धम्की समेत दिइरहेको छ ।

नेपाल सरकारको नियमअनुसार डिप बोडिङ खन्न नपाउने कानुनी प्रावधान एकातिर छ उक्त कम्पनीले प्रशासनको नियमलाई एकातिर लत्याएको छ भने अर्काेतिर ठाडै श्रम शोषण र श्रमीक वर्गको प्राविधिक सामाग्री नै कब्जा गर्नुले सो कम्पनीको नियत प्रष्ट भएको छ ।

यी हुन् जैनका कर्तुतका सहयोगी सुपर भाइजर प्रकाश तामाङ ।
यी हुन् जैनका कर्तुतका सहयोगी सुपर भाइजर प्रकाश तामाङ ।

पिडित शाहले आप्mनो ज्यालासहित भएको क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा गत ५ गते कारवाहीको माग गर्दै द नं. ६११ को निवेदन दर्ता गराएका छन् । उनको निवेदन अनुसार महानगरिए प्रहरीलाई परिपत्र जारी गरेको भएतापनि अहिलेसम्म पनि सो कम्पनीका संचालक भुवन जैनलाई प्रहरीले प्रकाउ गरेको छैन । उनलाई प्रहरीले अझैपनि उन्मुक्ति दिनुले प्रहरीको कार्यशैली शंकास्पद रहेको बताइएको छ । यसै विषयमा प्रतिकृयाका लागि उक्त कम्पनीमा सम्पर्क गर्दा संचालन जैन तीव्रखबरको सम्पर्कमा पनि आउन चाहेनन् । कम्पनीका सुपर भाइजर प्रकाश तामाङले संचालकलाई सम्पर्क गराउँछु भन्दै उनले पनि पटक पटक सम्पर्क गर्दा फोन उठाएनन् । यसबाट पनि सो कम्पनिको नियत छर्लङ भएको छ । उक्त कम्पनीको थप कर्तुतहरु तीव्रखबरले खोजी जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!