आज कृष्णाष्टमी, मन्दिरमा भक्तजनको घुइँचो

- August 25, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ललितपुर । ललितपुरको कृष्ण मन्दिरमा आज बिहान देखि नै भक्तजनको घुइँचो लागेको छ ।

श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजन व्रत लिएर मन्दिरमा पूजाआराधना गर्न आउने गरेको मन्दिरका पुजारी प्रतापधर शर्माले बताए । हरेक भाद्र अष्टमीमा श्रीकृष्ण भगवान्को जन्म भएको दिनलाई सम्झेर यहाँ मेला लाग्ने गरेको उनको भनाइ छ ।

मन्दिरमा पूजाका लागि स्थानीयवासी चापागाउँ, सुनाकोठी, खोकना, बुङमती, थेचो, धापाखेल, गोदावरी तथा राजधानीका विभिन्न स्थानबाट भक्तजन आउने गरेको बताइएको छ ।

अष्टमीकै दिन राष्ट्रप्रमुखबाट पूजा गरिने प्रचलन रहेकोले कृष्ण मन्दिरको गरिमा बढेको उनको धारणा छ । श्रीकृष्ण भगवान्लाई नारायण, गोपाल, गौरीश्वर, वंशीधारी, योगेश्वरलगायत अनेक नामले पुज्ने गरिन्छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!