नायिका सिम्पल र गुण्डाबिच हानाहान, गम्भीर घाईते सिम्पललाई कोमामा राखियो

- August 13, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । नेपाली रजतपटमा नयाँ मानिएकी मोडल सिम्पल खरेल र केही गुण्डा बिच हानाहान भएको छ । जसको कारण गम्भीर घाईते बनेकी मोडल खरेललाई कोमामा राखेर उपचार गर्नु पर्ने अवस्था आएको छ ।  विभिन्न म्युजिक भिडियोहरु मार्फत चर्चा कमाइ सकेकी नब नायिका खरेल मोडल तथा नायिका मात्र नभएर एक कुशल उद्घोषक एवं नृत्यांगना र गायिकाका रुपमा पनि आफ्नो परिचय स्थापित गर्न सफल छिन् ।

उनै नायिका खरेल एक चलचित्रको छायाँकन क्रममा खलनायकहरुसँग भएको भिडन्तमा पर्दा उनलाई कोमामा लानु परेको हो । उनले अभिनय गरिरहेको चलचित्र जोकरमा संलग्न एक सदस्यका अनुसार उनी कोमामा गएको दृष्य भने चलचित्र प्रदर्शन भएपछि मात्र देख्न पाईंने छ । अर्थात खलनायकहरुसँगको भिडन्तमा घाईते बनेपछि गम्भीर उपचार गर्नु पने भूमिका उनले निर्वाह गरिरहेकी छिन् ।

उनि रियल जिबनमा भने सकुशलनै छिन र आफ्नो दैनिक जिबनको कामहरु पनि गर्दैछिन । हास्य प्रधान चलचित्र जोकर मार्फत नब नायिका रुपमा डेब्यु गरेकी सिम्पललाई पहिलो चलचित्रमा नै यस्तो भूमिका परेको हो ।
जोकर फिल्मको लेखन महादेव त्रिपाठीले गरेका हुन् भने यस चलचित्रमा निर्देशक त्रिपाठी सहित नायिका खरेल, विश्वका होचो कलाकार दिपेन शाह, सुरेन्द्र केसी, शिव शंकर रिजाल, अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बास्यैकि अप्सरा, राजेन्द्र गिरि, विनोद राई र संचारकर्मी सुर्य चन्दको अभिनय रहको छ ।

त्यस्तै यस चलचित्रका निर्मातामा राजन उप्रेती, भास्कर श्रेष्ठ, संगीता लामा छन भने यस चलचित्रका छायांकन मधुर बस्नेतले गरेका छन् ।

साथै द्वन्द सम्राट बस्नेत र गीत संगीतकारहरुमा सुगम पोखरेल, टंक बुढाथोकी र ध्रुब बिस्को र कमल खत्री रहेका छन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!