माओवादी पछि हट्ने संकेत पाएपछि काँग्रेसमा भूकम्प, अरबौं खर्चिने भारतीय राजदुतको आश्वासन

- July 21, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

तुलसी बाँस्कोटा

 

काठमाडौं । सत्ता प्रप्तिको लागी बामगठबन्धन तोड्न समेत तयार भएर सरकार छोडेको नेकपा माआवादी केन्दका अध्यक्ष पूष्पकमल दाहाल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने सम्भावना क्षीण बन्दै गएको अवस्थामा आगामी सत्ताको जोडघटाउमा लागेका दलहरुबीच घम्साघम्सीको अवस्था आएको छ । २०७२ असोज ३ गते जारी भएको नेपालको संबिधानले संक्रमण कालिन अवस्थामा सरकारको नेतृत्व सम्बन्धी स्पस्ट व्यवस्था नगरेको कारणले यस्तो अवस्था आएको हो ।
सत्ताको प्रमुख घटक नेकपा एमालेले आफूखुसी सरकार चलाएको आरोपका बीच काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न अघि सरेका दाहालले आफु प्रधानमन्त्री बन्ने सम्भावना नदेखेपछि आजको काँग्रससहितको बैठकमा यस्तो चक्रव्यूहमा फस्नुभन्दा बरु पछि हट्नेसम्मको अभिव्यक्ति दिएको एक श्रोतले बताएको छ । आफ्नो समर्थनमा प्रधानमन्त्री बनाउँने आश्वासन दिएका दाहालको यस्तो अभिव्यक्ति आएपछि नेपाली काँग्रसभित्र ठूलै भूकम्प गएको बताईएको छ ।
यसैबीच वर्तमान सरकार ढाल्न भारतको प्रत्येक्ष संलग्नता रहेको नेकपा एमालेका नेताहरुले बताई रहेको बेला नेपालका लागी भारतीय राजदुत रणजित रेले माओवादीलाई वर्तमान सरकारको विरुद्ध जसरी पनि तयार गर्नु पर्ने र यसको लागी भारत अरबौं लगानी गर्न पनि तयार रहेको भनी नेपाली काँग्रेस नेतृत्वलाई बताएको खबर प्राप्त भएको छ । भारतीय राजदुत रेले नेकपा माओवादी केन्द्रका प्रत्येक सांसद किन्न पुग्ने गरी रकम दिने बताएको कुरा नाम नछाप्ने शर्तमा माओवादीका एक नेताले बताएका छन् । उनका अनुसार जति अवधिको लागी भएपनि दाहाल प्रधानमन्त्री हुनेछन् र त्यसपछि काँग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुनेछन्, भारतको मुख्य ध्येय ओली गठबन्धन टुटाउनु हो । उनले थप्दै भने माअ‍ेवादीलाई पार्टी सञ्चालन गर्न रकम अभाव छ, यति ठूलो रकम पाउने भएपछि पार्टीले भारतको अफर मान्न सक्छ ।
ेस्मरण रहोस् कुनै दिन सरकार बनाउने खेलको लागी माओवादी नेता कृष्ण बहादुर महराले साँसद किन्न चिनसँग ५० करोड मागेको टेप प्रकरण पनि नेपाली संसदीय इतिहासमा चर्चित छ । यसैलाई उदाहरण मान्ने हो भने पनि थाहा हून्छ नेपाली जनताको सार्वभौमसत्तासम्पन्न भनिएको नेपालको संसद कहाँबाट सञ्चालित छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

कठै नेपाली नेता!
नेपाली नेताहरुमा राष्ट्र प्रति बफादार भन्ने ज्ञान छैन। बिकासको कुरा त कल्पना नगर्दा हुन्छ। भारतको भेडा बाख्राहरु नेपाली स्वाभिमानलाई झुकाउने कसरत गरिरहेकाछन। कारण नेपाल बिस्वमा कसैको गुलाम नभएको एक मात्र राष्ट्र हो।यसैमा मलाई गर्व हुन्छ। विडम्बना पैसामा बिकाउ तत्वहरुले यो गर्व पनि तोडफोड गर्ने रहेछ्न।भारतले मेरो भारत महान भन्छ।तर भित्र भित्र अंग्रेजको गुलाम गरेको पीरले सताउछ। त्यतिबेला नेपाली बहादुरहरुले उसको देशलाई आजाद बनाउन सफल सहयोग गरेको याद आउँछ। त्यही पीरले बदलामा नेपाललाई आफ्नु गुलाम बनाएर बिश्वमा कृतिमान कायम गर्न खोज्छ।अनि हामी नेपाली भारतको गुलाम भएर जिउँदै मरेको अनुभुती गर्नेछौ।के हामीहरुले चाहेको यही हो खाते नेता हो???