सिन्धुपाल्चोकमा भएको बाढीपहिरोमा परि बेपत्ता अझै फेला परेनन् (नामसूची सहित)

- July 11, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जना अझै फेला पर्न सकेको छैन । लगातार परेको वर्षाका कारण सडक अवरुद्ध भएकाले उनीहरूको खोजी कार्यमा जान कठिनाइ भइरहेको छ । सो बाढी पहिरोमा परि बेपत्ता भएकाको खोजी गर्न राजधानीबाट २५ जनाको उद्धार टोलीसहित सुरक्षाकर्मी घटनास्थलमा पुगेपनि प्रतिकुल मौसमका कारण उद्धारकार्यलाई पूर्णरुपमा गर्न कठिनाई भएको जनाइएको छ । शुक्रबार बिहान आएको बाढीपहिरोबाट भोटेकोशी गाउँपालिकाको लार्चामा बेपत्ता भएका एक व्यक्ति स्थानीय ४० वर्षीय नाङचे मगरको भने जीवितै उद्धार गरिएको छ । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । प्रतिकूल मौसमका बाबाजुद बाह्रबिसेको जम्बु र भोटेकोशीको बुलकोटे (बञ्जी नजिकै) बाट हेलिकोप्टर मार्फत घाइतेको उद्धार गरी काठमाडौं ल्याइ उपचार भैरहेको छ ।

बाढीले सम्पूर्ण भाग कटान गरेको १५० मिटर सडक भित्ताको कडा चट्टान काटेर डाइभर्ट गरी निर्माणकार्य भइरहेकाले आज बेलुकासम्म सम्पन्न गरिने सडक डिभिजन कार्यालय दोलखाका डिभीजनको कार्यालयले जनाएको छ । उक्त काम शनिबार बिहानैदेखि पुनः शुरु गरिएको छ । भोटेकोशीको कटान र पहिरोबाट खोर्सानीबारीदेखि माथिका विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले आवतजावतमा कठिनाइ उत्पन्न भएको छ । बाढीले बाह्रबिसेको खागदलखोला र भोटेकोशी गाउँपालिका–५ को बुलकोटेमा पक्की पुल बगाएकाले दुई बेलिब्रिज राख्ने विषयमा विभागमा पहल भइरहेको सो कार्यालयले जनाएको छ ।
घटना बिबरण : निधन भएकाहरु
निकेश बस्नेत वर्ष २४
नियोन बस्नेत वर्ष २
बेपत्ताहरु : जम्बु तर्फ
१. भिमबहादुर वाइवा, वर्ष ७२
२.चिनीमायाँ वाइवा, वर्ष ७०
३ लिलामायाँ वाइवा, वर्ष २९
४ पासाङ डोल्मा वाइवा, वर्ष ८
५ निमाडोल्मा वाइवा, वर्ष २
६ लक्ष्मण वाइवा, वर्ष २५
७ सुनमाला वाइवा, वर्ष १३
८ जनकबहादुर थिङ, वर्ष ५५
९ सबिना तमाङ, वर्ष २८
१० आकास तमाङ वर्ष ४
११ हिमेश शर्मा (हा.पा. सेक्युरिटी) वर्ष ३५
१२ आकास केसी (इन्जिनियर जाईका) वर्ष २४
१३ तोकबहादुर तमाङ वर्ष ५७
१४. युक्तकुमार तमाङ वर्ष ५५
१५ सुवेस तमाङ वर्ष २५
१६. माइली तमाङ वर्ष ६५
१७ . सलिना तमाङ वर्ष २२
१८. चिनियाँ नागरिक १
बुलकोटे नयाँ पुलमा एकाघरका ४ जना
निमा दोर्जे तमाङ वर्ष ६२
मञ्जु तमाङ वर्ष २८
साहिल तमाङ वर्ष ७
पासाङ नोर्बु तमाङ वर्ष ११
घाइते जम्बु तर्फ:
सुवेस तमाङ साइला
बुट्टीमाया तमाङ
सबिना तमाङ बस्नेत
घाइते नयाँपुल तफ
फुर्वा तमाङ
पेमा तमाङ र उनको ७ दिनको छोरी
बार्हबिसे र भोटेकोशी गरी ३५ घर पूर्ण क्षति
यसैगरी, बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चितवन पुगेका छन् । शनिबार उनले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!