काेराेना सङ्क्रमण : १० हजार २० पुरुष र १ हजार १४२ महिला

- June 25, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । नेपालमा थप ४३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३८६ पुरुष र ४८ महिला गरी कुल ४३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै सङ्क्रमितको सङ्ख्या ११ हजार १६२ पुगेको छ । तीमध्ये १० हजार २० पुरुष र १ हजार १४२ महिला छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई हजार ६५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म ७६ जिल्लामा सङ्क्रमण देखिएको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!