विनोद चौधरीले केन्यामा रहेको होटल खरिद गरेको एक खर्बको स्रोत के हो ?

- June 9, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अहिले विश्वमा कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र र उद्योगधन्दा ठप्प भएको छ । अधिकाशं उद्योगधन्दा बन्द गरेर उद्योगपतिहरु घरभित्र बसेको अबस्थामा नेपालका एक व्यवसायीले भने खर्बौको लगानीमा केन्यामा एक होटल खरिद गरेको हुँकार नेपालमा केही टाईकुन मिडियाले पहिलो प्राथमिकताका साथ समाचार लेखे । आफुलाई विश्वको डलर अर्बपतिहरुको प्रचार गर्दै आएका चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसका संघिय सभाका सासद विनोद चौधरीले संसदमा आफु टाट पल्टिएको र सरकारले आर्थिक प्याकेज दिनु पर्ने भन्दै जोडदारका साथ भाषण गरेका थिए । त्यो भाषण पनि नेपाली केही मिडियाले प्राथमिकताका साथ प्रशारण प्रकाशन गरेका थिए । तर उनले ससदमा गरेको भाषणले एक साता वित्न नपाउदै खर्बौंको लगानीमा केन्यामा होटल किने । उनले यो लकडाउनका समयमा कुन आधारमा खरिद गरे भन्ने बारे अहिले चौतर्फी चर्चा चलेको छ ।
एकातर्फ टाट पल्टिएको भन्दै रुन्चे अनुहार लगाएर सरकारसंग आर्थिक प्याकेज र राहातको माग गरेका चौधरीले एकाएक खर्बौ रुपैयाँको लगानीमा साउदी राजकुमार अल वलिद् बिन तलालले आफ्ना केही व्यवसाय र कारोबारको कोरोना संक्रमणकै बीचमा उनको होटल किनेसंगै उनको असली रुप बाहिर देखिएको छ । अहिले यो महामारीको बेला बिनोद चौधरीले ठुलै सहयोग गर्ला भन्ने सरकारी अधिकारी र नेताहरुले अनुमानलाई समेत कुठाराघात गर्दै विदेशमा लगानी गरेको पैसाको स्रोत सरकारले किन खोज्न सकेको छैन भन्ने बारे पनि प्रश्न उठेको छ । चौधरी ग्रुप (सिजी) का अध्यक्षले साउदी राजकुमार तलालको केन्यास्थित फेयरमेण्ट द नर्फोक होटल र फेयरमेण्ट मारा सफारी क्लब साउदी रियाल दुई अर्ब ८० करोडमा हालै खरिद गरेको तथ्य खुलेको छ । साउदी राजघरानासँग खटपट शुरु भएपछि तलाल आफ्नो सम्पत्ति व्यवस्थापनमा लागेका थिए । दरबारले आफ्नो सम्पत्तिको छानबिन, अधिग्रहण, राष्ट्रियकरण वा जफत गर्नसक्ने भएपछि नेपालमा कर छली गर्दै सरकारी अनुदान लिदै आएको चौधरी ग्रुपलाई सो होटल बेचेका थिए । चौधरीले सो होटल खरिद गर्दा साउदी अरेबियाभन्दा बाहिरै बसेर हिसाब मिलान गरेको समेत जनाइएको छ भन्ददै जनआस्थाले छापेकाेे छ ।
यस्तो महामारीको समयमा चौधरीले केन्याका महँगा होटल किन किन्ने रकम कहाँबाट आयो भन्ने बारे पनि चर्चा चलेको छ । केन्या सरकारले कोरोना महामारीबाट पर्यटन र होटल क्षेत्रमा परेको असर न्यूनीकरणका लागि दुई अर्ब केन्याली सिलिङको राहत प्याकेजको घोषणा गरिदिएको थियो । उता राजकुमार अप्ठेरोमा परेकाले होटल सस्तोमा बेच्न तयार भएपछि सो होटल चौधरीले किनेका थिए । विगतमा लामो समयसम्म एमाले निकट रहेर अनेक चलखेल तथा स्वार्थपूर्ति गर्दै आएका चौधरी यतिखेर नेपाली काँग्रेसको तर्फबाट मधेशी कोटाबाट मनोनित सांसद रहेका छन् । सुविधाको रातो पासपोर्ट बोकेर विश्वमा व्यापार व्यवसाय गर्दै आएका चौधरीको एसिया र मध्यपूर्वका धेरै वटा देशमा महँगा होटलको चेन रहेपनि सोको लगानीको स्रोत अहिले सम्म सरकारले खोज्ने आँट समेत गर्न सकेको छैन । भारतको राजस्थानबाट नेपाल छिरेका व्यापारी हुन ।
नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा सम्बन्धी धेरैवटा व्यवस्थालाई बेवास्था गर्दै र धज्जी उडाउँदै उनले निर्वाध विदेशी मुद्राको अपचलन गर्दै आएका व्यापारी समेत हुन । नबिल बैंकमा उनले आफ्नो र बंगलादेशी कम्पनी एनबी इन्टरनेशनलको नाममा ७५ प्रतिशत भन्दा बढी लगानी गरेर बैंक चलाउदै आएका छन् भने सो बैंकले अहिलेसम्म केन्द्रीय बैंकले दिएको निर्देशनलाई समेत नकार्दै आएको छ । एनबी इन्टरनेशनलको आवरणमा प्राप्त हुने वार्षिक दुई अर्ब रूपैयाँ बराबरको लाभांश वापतको विदेशी मुद्रा उनले सँधै ढाका हुँदै अन्यत्र लैजाने गरेका छन् । विश्वमै धनी कहलिएका व्यवसायीले अन्यत्रबाट कमाएको नाफा वा विदेशी लगानी कहिल्यै नेपाल ल्याउने गरेका छै्नन् । चौधरीले विदेशमा खरिद गर्ने होटल तथा व्यवसाय र प्राप्त आम्दानी पनि मुलुकभित्र देखाउदैनन् । उनले विदेशमा गर्ने सबै खालका खरिद तथा लगानीको औपचारिक स्रोत कहिँ कतै खुल्दैन । पछिल्लो पटक केन्यामा प्रयोग गरेको एक खर्ब रूपैयाँ बराबरको विदेशी मुद्राको स्रोत अहिले शंकाको घेराभित्र रहेको छ । विश्वव्यापी कोरोना महामारीले सर्वत्रको व्यवसाय विशेषगरी पर्यटन क्षेत्र ध्वस्त भइरहेको बेला चौधरीले भने विदेशमा खर्बौंको होटल किनेका छन् ।

उनै फेरि यता मुलुकको संसदमा राज्यको दायित्व र कर्तव्यको बारेमा ठुल्ठूला प्रवचन दिदै आएका छन् । भने सो प्रबचनलाई आफुलाई नम्बर १ मिडिया हाउस हुँ भन्नेले सो कुरा छाप्दै आएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा दोस्रो पटक अध्यक्ष पदबाट हारे लगत्तै महासंघको समान्तर सस्था स्थापना गरेर उद्योग वाणिज्य परिसंघ नामक संस्था खोलेर बाहिरएका चौधरीले सोही सस्थाको आवरणमा आफू अनुकूलको नीति र राहत ल्याउन सरकार र सम्बन्धित निकायलाई दवाव दिदै आएका व्यक्ती हुन । चौधरीले दवाव दिने, थर्काउँने र त्यसपछि पनि नभए मुद्दा मामिला गर्दै अबैध धन्दा चलाउदै आएका छन् । अर्थ मन्त्रालय लगायतका सरकारी संयन्त्रका मुख्य व्यक्तिलाई आर्थिक लोभदेखाउदै अन्यालाई थर्काउदै आएका चौधरीका अगाडि अन्य कर्मचारी मूकदर्शक बन्ने गरेका छन् । कोरोना महामारीबारे अर्ति, उपदेश दिँदै हिँडेका डलर अर्बपतिले प्रधानमन्त्री कोभिड कोषमा भने हालसम्म एक पैसा समेत योगदान गरेका छैनन् । भने देशको विकास र आर्थिक बृद्धिमा एक पैसाको समेत योगदान चौधरी ग्रुपले गरेको छैन । नक्कली मुल्यअभिबृद्धि कर (भ्याट) बीलबाट अबैधधन्दा चलाउदै आएका विनोद चौधरीले नक्कली बीलबाट भ्याट छली गरेको ठहर सरकारले गरेपनि अहिले सम्म छनक्कली बीलबाट भ्याट छली गरेको ठहर सरकारले गरेपनि अहिले सम्म छली गरेको १० अर्ब रुपैयाँ असुलउपर गर्न सरकारले सकेको छैन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!