हेलम्बु गापको आर्थिक अनियमिकता : सेटिङ मिलाएर कालिमाटीबाट मेलम्चीध्याङ्मा लगियो तरकारी

- May 16, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विशेष प्रतिनिधि
सिन्धुपाल्चोक (हेलम्बु) । गत आर्थिक वर्ष २०७५/७६ देखिनै स्थानीय निकायले अर्गानीक तरकारी उत्पादन गर्ने र कृषिमा बढी लगानी गरी आत्मनिर्भर गराउने भन्दै विनियोजन गरेको बजेट कागजीरुपमा मात्र सम्पन्न भएको पछिल्लो घटनाले पुष्टी भएको छ । सिन्धुपाल्चोक जिल्ला अन्तरगत पर्ने हेलम्बु गाउँपालिकालाई नमुना गाउपालिका बनाउने हुँकार गरेका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सुरुकै समयदेखि कृषि, शिक्षा, स्वास्थ्य, सुचना तथा सञ्चार लगायतको शिर्षकमा लाखौ रुपैयाँ बजेट विनियोजन गर्दै आएका छन् । आर्थिक वर्ष २०७५/०७६ मै गाउँपालिकाभित्र नै तरकारीमा आत्मनिर्भर बनाउने र अर्गानिक तरकारी उत्पादन गर्नेकालागि स्थानीय निकायले अनुदान दिने भन्दै योजना बनाई विनियोजन गरेको रकम अहिले आर्थिक वर्ष २०७६/७७ को अन्त्य तिर आईपुग्दा करोडौ रुपैयाँ हिनामिना गरेको भेटिएको छ । सो गाउँपालिकाले लाखौ रुपैयाँ लगानी गरेर चलाएको वेवसाईटमा राखिएको कुनै पनि विवरण खुल्दैन ।

                                                              गापको वेवसाईटमा यस्तो भेटियो

सो गाउँपालिकाले कृषिमा कति रकम विनियोजन गरेको छ भनी हेर्नेकालागि पालिकाको आधिकारीक वेवसाईटमा राखिएको शिर्षक कुनै पनि खुल्दैन । तर सो गाउँपालिकाका एक कर्मचारीका अनुसार गाउँपालिकाका जिम्मेवार जनप्रतिनिधिहरुकै सेटिङमा अहिले ट्रकमा राखि काठमाडौंको कालिमाटीबाट तरकारी हेलम्बु लगिदै आएको छ । देशमा कोरोना भाइरसको सक्रमण बढ्दै गएको र कालिमाटीबाट विना सुरक्षा गाउपालिकाकै निर्देशनमा तरकारी हेलम्बुको मेलम्चीध्याङमा लगिएको छ । स्थानीय स्तरमा उत्पादन भएको तरकारी खरिद नगरी गाउँपलिकाका अध्यक्ष शेर्पा, प्रमुख कार्यकारी अधिकारी भीम कोइराला र लेखापाल चेतबहादुर कार्कीसहितको एक समुहकै सहमतिमा कमिशन लिई सो तरकारी हेलम्बु लगीएको गाउपालिकाका एक कर्मचारीले बताएका छन् । स्थानीय तहहरुले मन्त्रालयले तोकेको प्रक्रिया र चरणहरु बेगर बजेट विनियोजन गर्ने र अशंबण्डामा ठूलो मात्रामा रकम राख्ने परिपाटीले पनि सो गाउँपलिकाभित्र अनियमिततामा तीब्रता आएको देखिएको छ । स्थानीय तहहरुमा अर्को डरलाग्दो भ्रष्टाचारको सम्भावना कर्मचारीहरुको नियुक्ति, स्थानीय तहहरुले सञ्चालन गर्ने योजनाहरुको उपभोक्ता समिति चयन लगायतका विषय पनि रहेको छ । अर्को स्थानीय तहहरुको भत्ता, सुविधा वितरण गर्ने रहर देख्दा पनि योजनाबद्ध विकास भन्दा पपुलिष्ट कार्यक्रमहरुमा मोह भएको र यसले राजनीतिक लोकप्रियताको चाहनाले गैरबजेटरी खर्च बढाएर अनियमिकता गरेको पाइएको छ । स्थानीय तहले निधारण गर्ने कर, आम्दानीका श्रोत, प्राकृतिक श्रोतको उपभोग लगायतका विषयमा जनप्रतिनिधिहरुले चलखेल गर्दै आएको छ । राजस्व हिनामिना बाहेक स्रेस्तामा नदेखिने खर्चहरु गरेर पनि भ्रष्टाचार गरिदै आएको छ । सो गाउपालिकामा विद्यालयहरुलाई फर्निचर खरिदका लागि भनेर अनुदान दिइएकोमा फर्निचर र कम्प्युटर खरिदका नाममा लाखौ रुपैयाँ अनियमिका हुदै आएको छ ।

यो पनि पढ्नुहोस

हेलम्बु गापले दिर्धरोगीलाई औषधी वितरण गरेको झुटो प्रचार : स्वस्थ्य र विरामीको नाममा रकम निकासा गरी अनियमिकता

हेलम्बु गापका अध्यक्षकाे निर्देशन : बजेट खर्चको कुनै विवरण नदिनु

हेलम्बु गापको अधिकाशं खर्च दर्ता नभएको यूटुवमा : पत्रकारको नाममा अध्यक्षको अबैधधन्दा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!