काेराेना अपडेट : लगभग ११ लाख संक्रमित, ५९ हजार बढिकाे मृत्युु

- April 4, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कोभिड-१९ कोरोना भाइरसले विश्वभर ५९ हजार १ सय ४५ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ९८ हजार २५ जना संक्रमित छन् भने २ लाख २८ हजार ५ सय ८९ जनालाई निको भएको छ।

सबैभन्दा बढी इटलीमा १४ हजार ६ सय ८१ जनाले ज्यान गुमाएका छन्। इटलीमा एकै दिन ७ सय ६६ जनाले ज्यान गुमाएका छन्। इटलीमा ८५ हजार ३ सय ८८ जना संक्रमित छन्।

त्यसैगरि स्पेनमा पनि एकै दिन ५ सय ८७ जनाले ज्यान गुमाएका छन्। हालसम्म स्पेनमा १० हजार ९ सय ३५ जनाले ज्यान गुमाइसकेका छन्। स्पेनमा ७६ हजार २ सय ६२ जना संक्रमित छन्।

अमेरिकामा पनि एकै दिन ५ सय १२ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ६ हजार ५ सय ६२ जनाले हालसम्म ज्यान गुमाएका छन्। त्यहाँ २ लाख ३९ हजार ८ सय ६७ जना संक्रमित छन्।

त्यस्तै युकेमा एकै दिन ६ सय ८४ जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म ३ हजार ६ सय ५ जनाले ज्यान गुमाइसकेका छन्। युकेमा ३४ हजार ४ सय २८ जना संक्रमित छन्।

नेपालमा भने ६ जना संक्रमित भेटिएकोमा १ जना उपचार भैैसकेका छन्, बाँकी ५ जना उपचाररत छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!