पछिल्लो अपडेट : कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो, २४ घण्टामा ३२ सयले गुमाए ज्यान

- March 28, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ / चार महिनादेखि सिंगो मानवजातिलाई नै हैरान बनाएको कोरोना भाइरस कहिले अन्त्य होला भन्ने यकिन अझै हुन सकेको छैन । विज्ञहरु नै यसको आंकलन गर्न सकिरहेका छेनन् । केही त दुई वर्षसम्म पनि यसको असर देखिनसक्ने बताउँछन् । विश्वका १ सय ९९ देशका जनताहरु भने महामारीको असर भोग्न मात्रै बाध्य छन् ।

कहाँ कति ?

विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म १ सय ९९ देशका ५ लाख ९६ हजार २ सय ९६ मानिस संक्रमित छन् । जसमध्ये १ लाख ३३ हजार ३ सय ५५ को उपचार भैसकेको छ ।

२७ हजार ३ सय ४० को मृत्यु भइसकेको छ । प्रतिशतमा हेर्दा प्रारम्भिक अवस्थामा भन्दा अहिले मृत्युदर बढेको हो ।संक्रमितमध्ये गम्भीर अवस्थाका बिरामी २३ हजार ६ सय ७० छन् । पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरुको संख्या ३ हजार २ सय ७२ छन् ।

नेपालमा भने अहिलेसम्म ४ जना मात्रै संक्रमित भेटिएका छन् । तीमध्ये एकजनाको उपचार भइसकेको छ । यद्यपि शंकास्पद सयौंको परीक्षण हुन सकिरहेको छैन । यसवाहेक उत्तर कोरिया, क्युबा लगायत कोरोना महामारी नफैलिएका विश्वभर १० वटा मात्रै देश छन् । बलियो र अत्याधुनिक संरचना भएका देश समेत महामारीबाट मुक्त हुन रातदिन प्रयासरत छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!