पूर्वशिक्षकमाथि गोली प्रहार

- March 1, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

महोत्तरी : महोत्तरीको सनौलमा एक पूर्वशिक्षकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।गोली लागेर मनरासिसवा नगरपालिका ३ का ६१ वर्षीय सहदेवप्रसाद यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले जनाए ।

घाइते यादव पूर्वशिक्षक रहेको प्रहरीले जनाएको छ ।

छातीमुनि गोली लागेर घाइते भएका यादवको जनकपुरको जानकी केयर हस्पिटलमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

शनीबार राती २ बजे तिर शौच गर्न निस्किएको बेलामा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!