सगरमाथा अन्तर्राष्ट्रिय करातेमा नक्साल टिम च्याम्पियन

- January 15, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार ,शाखा डोजो नक्सालको २१औ बार्षिक उत्सवको अवशरमा आयोजित छैटौं सगरमाथा अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट अायोजक नक्साल डोजो टिम च्याम्पियन बन्न सफल भएको छ । नेपालले कुल ४१ स्वर्ण मध्ये ३३ स्वर्ण कब्जा जमाउदै उक्त ३३ स्वर्ण मध्ये ,नक्साल डोजोले ९ स्वर्ण ४ रजत र १३ कास्य सहित कुल २६ पदक सहित टिम च्याम्पियन बन्न सफल भएको हो । 

छैटौं सगरमाथा अन्तर्राट्रिय कराते प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि एवं पूर्व मन्त्री गणेशमान पुन र नेपाल सितोरियो कराते संघका सचिव, शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक एवं कार्यक्रम संयोजक गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’

बंगलादेश ४ स्वर्ण २ रजत र  ५ कास्य सहित दोश्रो भए भने २ स्वर्ण ५ रजत र ७ कास्य सहित भारत तेश्रो र २ स्वर्ण ३ रजत र  ३ कास्य सहित श्रीलंका चौथो स्थानमा चित्त बुझाए । पुरुष तर्फ नेपालका सोनम बलामी र महिला तर्फ नेपालकि बिनु माझी उत्कृष्ट खेलाडी घोषित भए भने उदयीमान खेलाडी नेपालका रिसब सिंह राजपुत भए । साथै विग बुद्ध स्कुल  बेष्ट मार्चपास टिम ,महेशपुर डोजो बारा बेष्ट अनुशासित टिम र कन्चनपुर डोजो कन्चनपुर बेस्ट फेयर प्ले टिम हुन सफल भए ।

उक्त प्रतियोगितामा पुरुष तर्फ चिल्ड्रेन १५ किलोमा पन्सुल महर्जन नेपाल प्रथम ,पुरुष चिल्ड्रेन ८-९ बर्ष समुहमा अभय खपाङ्गी नेपाल प्रथम,  २० किलोमा युनिक तामाङ्ग नेपाल प्रथम,रिसभ सिह राजपुत नेपाल दोश्रो, २३ किलोमा शुसिल बुढा मगर नेपाल प्रथम, कौशल पाठक दोश्रो, हमणजा अल्माही भारत र अल्ताफ सेख पाकिस्तान तेश्रो भए । त्यसैगरी २५ किलोमा नेपालका समेश खडका प्रथम, बंगलादेशका अाशिफ  दोश्रो र भारतका पि. मुकेश तथा नेपालका प्रविन राना मगर तेश्रो भए ।  त्यसैगरि पुरुषकै २७ किलोमा राजन अधिकारी, नेपाल प्रथम, निराजन वस्नेत, नेपाल दोश्रो  भए भने ३० किलो तौल समुहमा नेपालका सुनिल ठगुन्ना प्रथम, सुमित पाख्रिन दोश्रो तथा भारतका जि अादित्य हरिचरण र श्रीलंकाका  एन.अार राजापाक्ष तेश्रो भए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडि धोषित भएपछि पदक तथा कप ग्रहण गर्दै नक्साल डोजोका खेलाडि सोनाम बलामी र विनु माझी

यसैगरी ३५ किलोमा कुसुम सुवेदी   नेपाल प्रथम, डिजि.एस .के.के.गुन रत्न श्रीलंका दोश्रो र वंगलादेशका दिप्तो रविदस र अादित्य बाद्रु चौहान तेश्रो भए  भने ४० किलोमा निरज योन्जन नेपाल प्रथम,एच.एन.निपुना कुमारा श्रीलंका दोश्रो र रामचन्द्र भरोसे भारत र अबिनास  रबिदास बंगलादेश तेश्रो भए । ४५ किलोमा बंगलादेशका गौतम रविदास प्रथम , राहुल लक्ष्मन चौहान भारत दोश्रो र श्रीलंकाका डब्लु .पि. दशमासिरी तेश्रो भए । ५० किलोमा दिप राजबाहक नेपाल प्रथम,भारतका बादल यादब दोश्रो र मोहम्मद शेख पाकिस्तान तेश्रो भए । ५५ किलोमा भारतका सत्यनारायण मौर्या प्रथम, सन्देश घले दोश्रो र शुरज प्रसाद भारत तेश्रो भए । ६० किलोमा करण मगर नेपाल प्रथम र किशोर मगर दोश्रो र हर्ष दुब्बे भारत तेश्रो भए । ६७ किलोमा  राजेश त्रिपाठी नेपाल प्रथम , नसिम अहमद भारत दोश्रो र जि सम्पथ दिशानायके तेश्रो भए ।

त्यसैगरी ७५ किलोमा सुजन राई प्रथम,वज्र तामाङ्ग दोश्रो र विसु कुमार यादव र सुमन तामाङ्ग तेश्रो भए । ८४ किलोमा नेपालका सोनाम बलामी प्रथम र कैलाश तोशी दोश्रो भए । ८४ किलो भन्दा माथि नेपालका सोमलाल बलामी प्रथम र भारतका मुनि अप्पा दोश्रो भए । पुरुषको एकल कातामा नेपालका रेहान जाबेद प्रथम भए भने , पुरुष टिम काता तर्फ बंगलादेश प्रथम भए । त्यसैगरी महिलाको महिलाको एकल काता तर्फ नेपालका प्रथम भए भने महिला टिम काता तर्फ बंगलादेश प्रथम हुन सफल भए ।

छैटौं सगरमाथा अन्तर्राट्रिय कराते प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि एवं बौद्धनाथ विकास समितिका अध्यक्ष तथा करातेका संस्थापक सदस्य चन्द्रमान लामा, राखेप सदस्य एवं सितोरियो कराते संघका अध्यक्ष दाबा गुरुङ्ग, र नेपाल सितोरियो कराते संघका सचिव, शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक एवं कार्यक्रम संयोजक गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’ लगायत अतिथिहरु

त्यसैगरि महिलातर्फ  ६८ किलो तौलमा नेपालकि निरुपा तामाङ्ग प्रथम, ६७ किलोमा छिरिङ्ग डोल्मा शेर्पा प्रथम,६१ किलोमा विनु माझी नेपाल प्रथम,५५ किलोमा जस्मिना खडका नेपाल प्रथम, ५० किलोमा रमिता माझी प्रथम र सिदिता अक्क्षय वागमारे भारत दोश्रो , ४५ किलोमा वर्षा बुढा मगर प्रथम, ३५ किलोमा बंगलादेशका  श्रृष्टि अख्तर रिदिता प्रथम, चिल्ड्रेन १२-१३ बर्ष समुहमा प्रज्ञा खपाङ्गी नेपाल प्रथम, ३० किलोमा सोनाम शेर्पा नेपाल प्रथम,२७ किलोमा प्रतिका कुवर नेपाल प्रथम २५ किलोमा सन्ध्या महतो प्रथम हुन सफल भए । २० किलोमा नेपालका श्रृजना मगर प्रथम र प्रतीक्षा लामा दोश्रो भए ।

नेपाल सहित भारत, बंगलादेश,पाकिस्तान र श्रीलंकाको सहभागि रहेको उक्त प्रतियोगिताको समापन बौद्धनाथ क्षेत्र बिकाश समितिका अध्यक्ष एबम कराते संस्थापक सदस्य वरिष्ठ प्रशिक्षक चन्द्रमान लामाले एक विशेष समारोह बिच समापन गर्नुभयो । विजयी खेलाडीहरुलाई प्रमुख अतिथि चन्द्रमान लामा, बिशिष्ठ अतिथि राखेप सदस्य एबम नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग, नेपाल सितोरियो कराते संघका उपाध्यक्ष मजिन्द्र सिंह,नेपाल सितोरियो कराते संघका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, नेपाल कराते महासंघका रेफ्री संयोजक राजेन्द्र कपाली, नेपाल सितोरियो कराते संघ नक्सालका अध्यक्ष गजेन्द्रबहादुर खपाङ्गी,नेपाल सितोरियो कराते संघका सदस्य राम थारु ,सान का उप- निर्देशक तुलसी कुमार महर्जन, सोतोकान कराते प्रमुख निवास गोपाल बैध, ३ नं प्रदेश रेफ्री संयोजक महेश रन्जित , सिनियर रेफ्री जस बहादुर पुन , साहिला गमाल , सन्जय रन्जित , सन्तोष श्रेष्ठ, हरि राउत लगायतले एक विशेष कार्यक्रम बिच बितरण गर्नुभयो ।

कार्यक्रम संयोजक एबम् नक्साल डोजोका अध्यक्ष गजेन्द्र बहादुर खपाङ्गी को सभापतित्वमा  तथा राष्ट्रिय निर्णायक बद्रि कुमार खत्रीद्धारा सन्चालित उक्त कार्यक्रममा समापन समारोहलाई सम्बोधन गर्नुहुदै प्रमुखअतिथि चन्द्रमान लामाले कराते खेलको समृद्धि र बिकाशका निम्ति आफुले जस्तोसुकै सहयोग र चाल्नुपर्ने क़दम र निभाउनु पर्ने भुमिकामा कुनैपनि कसर नराख्ने बताउनुभयो ।

सम्बोधन कै क्रममा लामाले कराते खेलको विगतका दिनहरु स्मरण गर्दै अाजको दिन सम्म अाईपुग्न हिजोको पुस्ताले धेरै त्याग र बलिदान गरेको र उक्त कार्यलाई अहिलेको पुस्ताले निरन्तर रुपमा लागिपरेको कारणले कराते खेल दक्षिण एशियामै १ नम्बर बन्न सफल भएको बताउनुभयो । सम्बोधन कै क्रममा बिशिष्ठ अतिथि राखेप सदस्य एबम नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले कराते खेल स्वास्थ्यका निम्ति र राष्ट्रका निम्ति मात्र नभई दक्षिण एशियाली मुलक लगायत संसारभर नेपालीलाई चिनाउने खेलको रुपमा स्थापित भएको बताउनुभयो । अध्यक्ष गुरुङ्गले हाम्रो प्रतिष्ठित कराते खेललाई छिन्न-भिन्न पार्न  केही नकरात्मक सोचाई भएका व्यक्तीहरु लागिपरेको र त्यस्ता ब्यक्तीहरु संग सजग रहनुपर्ने सबै करातेकर्मीलाई बताउनुभयो । नेपाल सहित भारत, बंगलादेश,पाकिस्तान र श्रीलंकाको सहभागि रहेको उक्त प्रतियोगितामा पुरुष तर्फ २२ र महिला तर्फ १९ ईभेन्टस् गरी कुल ४१ स्वर्णका निम्ति प्रतिस्पर्धा भएको थियो भने, प्रतियोगिता नक्साल स्थित स्टार भेन्युमा सन्चालन भई सम्पन्न भएको थियो ।

छैटौं सगरमाथा अन्तर्राट्रिय कराते प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि एवं बौद्धनाथ विकास समितिका अध्यक्ष तथा करातेका संस्थापक सदस्य चन्द्रमान लामालाई मायाको चिनो प्रदान गर्दै नेपाल सितोरियो कराते संघका सचिव तथा शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक एवं कार्यक्रम संयोजक गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’
छैटौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता समापन समारोहमाा विजयी खेलाडि, प्रशिक्षक एवं समापन समारोहका अतिथिहरु

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!