सगरमाथा टेलिभिजनका प्रकाश गिरीलाई वियोगी पुरस्कार

- January 14, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सम्पादक समाज नेपालले यस वर्षको गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका समाचार सम्पादक प्रकाश गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ। समाजका संस्थापक अध्यक्ष एवं वरिष्ट पत्रकार स्वर्गीय गोविन्दको स्मृतिमा स्थापना गरिएको विशेष पत्रकारिता पुरस्कारको रासी १५ हजार रुपैया रहेको छ। पत्रकारिता क्षेत्रमा निरन्तर दुई दशक विताएका गिरी सगरमाथा टेलिभिजनमा विगत १० वर्ष देखि कार्यरत छन्। यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार” नागरिक राष्ट्रिय दैनिकका प्रधान सम्पादक गुणराज लुईटेललाई प्रदान गरिने भएको छ। सम्पादक समाजको सर्वाधिक रासी २५,००१ रुपैयाको पुरस्कार लुइटेललाई प्रदान गर्ने निर्णय भएको हो। सम्पादक समाज सम्मान”बाट वरिष्ट पत्रकार एवं कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ र वरिष्ट पत्रकार माधवकुमार रिमाललाई सम्मान गरिने भएको भने सम्पादक समान जयप्रसाद दाहाललाई मरणोपरान्त प्रदान गर्न लागिएको छ। समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा वसेको वैठकले स्वर्गीय गोविन्द वियोगीको १४ औंं पुण्यतिथिका अवसरमा आगामी माघ ४ गते शनिवारका प्रदान गरिने जनाएको छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!