चेलीबेटी तस्करी धन्दा : राजदुताबासको निरिहता, प्रहरी-प्रशासन र माइती नेपाल मुकदर्शक

- December 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-पवित्र शर्मा
आसाम भारत । नेपालबाट भारत, म्यानमार श्रीलंका हुँदै यतिबेला नेपाली चेलीबेटीहरु विभिन्न मुलुकमा ओसार पसार हुँदै आईरहेका छन् । नेपाल र भारतको सीमानाका तथा नेपालको एअरपोर्टबाट डिल्ली हुँदै विभिन्न नाकाबाट नेपाली चेलीबेटीहरु तेस्रो मुलुकमा ओसार प्रसार भैरहँदा समेत यसलाई प्रहरी, प्रशासन र माइती नेपालले नियन्त्रण त के ? माखो मान नसकेको आरोप यतिबेला पिडित चेलिबेटीहरुले लगाएका छन् ।

भारत म्यानमार श्रीलंका लगायतका देशमा बन्धक बनाएर थुपारेको अवस्थामा उद्धार गर्नु र भूमार्गबाट चेलीबेटी तस्करी नियन्त्रण गर्न ती देशहरुका राजदुतहरुको भूमिका महत्वपूर्ण हुने गर्छ तरपनि ती मूलुकका राजदुत र राजदुतावासका कर्मचारी निरिह रहनुलाई अर्थपूर्ण रुपमा लिन्छन् पिडित महिलाहरु ।

नेपाली चेलिबेटीहरु नक्कली कागजात र नक्कली अध्यागमन स्ट्याम्पिंगको भरमा खाडी मुलुकमा तस्करी हुँदै आएका उनीहरु नेपालबाट भारतको डिल्ली, गुहावटी र डिमापुरका विभिन्न होटलमा होल्ड गर्दै अनेक एजेण्टलाई जिम्मा दिँदै इम्पाल मणीपुर हुँदै म्यानमार र श्रीलंकाको भुमार्गबाट कुवेत, दुबई, ओमन, इराक, अफगानिस्थान लगायतका मुलुकहरुमा ४ लाखमा बिक्री वितरण हुँदै आएका छन् । यतिबेला दुई दर्जन चेलीबेटीहरु नक्कली कागजातको भरमा म्यानमार पुगेर बिचल्लीमा परेको त्यहाँको एक होटलमा बस्दै गरेकी नाम परिवर्तीत सीता बिश्वकर्माले तीव्रखबर प्रतिनीधिलाई इमो कलबाट जानकारी दिइन् उनी विना पैसा बैदेशिक रोजगारको लागि दलालबाट त्यहाँ पुगेकी हुन त्यहाँ पुगेपछि आफु नक्कली कागजातको भरमा पुगेको र उनीहरुले आफुलाई बन्धक बनाएपछि आफु अवैध बाटो आएकोले फसेको र उनीहरुबाट आफु खाडी मुलुकमा विक्री हुनसक्ने बुझेको बताइन् ।
चेलीबेटी बेचबिखन तथा तस्करी धन्दामा संलग्न गिरोहहरुले चेलीबेटीहरुलाई भूमार्गबाट नै बढी जस्तो तस्करी गर्ने गरेको बताइन्छ भारतको आसाम हुँदै, म्यानमार, श्रीलंकाको बाटो हुँदै दुबई, साउदी कटार, बहरायन, अफगानिस्थानलगायतका विभिन्न मुलुकमा विक्री गर्ने गरेको बताइएको छ । ती मुलुकहरुमा राम्रो रोजगारीको लागि भन्दै लगिने भएतापनि विभिन्न डान्सबार तथा यौन अखडा र धनीमहाजनको घरहरुमा नै विक्री गरिने गरेको बताइएको छ ।

विभिन्न खाडी मुलुकमा तस्करी गर्न लगिएका चेलिबेटीहरु यतिबेला विभिन्न स्थानमा लग्दै थुपार्ने काम सो गिरोहले गर्दै आएको बताइएको छ । डिल्लीमा २० जना, म्यानमारमा १० जान, श्रीलंकामा २५ जना, आसामको गुहावटीमा १ सय ५० जना, डिमापुरमा २५ जना चेलीबेटीहरु दलालहरुले तस्करी गर्नको लागि थुपारेको स्रोतले उल्लेख गरेको छ । अनुमानित तथ्यांक अनुसार यसरी तस्करी हुँदै गरेका चेलीबेटीहरुको संख्या बढ्दै छ ।

मणीपुरको इन्पालमा सुरेश श्रेष्ठले लगेर थुपारेको नाम उल्लेख गर्न नचाहने एक चेलीले डिल्लीबाट प्रतिनीधिलाई भनिन् मलाई यहाँ आएपछि अवैध बाटो हिड्न हुन्न भन्ने थाहा भए फर्किन चाहन्छु तर दलालहरुले बन्धक बनाएर राखेका छन् । नेपालको विभिन्न माध्यम र विभिन्न नाका हुँदै दैनिक रुपमा सयौं चेलिबेटीहरु नेपालबाट विभिन्न मुलुकमा तस्करी हुँदै आएका छन् । आम मानिसलाई आर्थिक समस्याले गाँजेसंगै बैदेशिक रोजगारमा जान चाहने चेलिबेटी हुन वा विभिन्न प्रलोभन देखाउँदै लगिएका चेलिबेटीहरु हुन उनीहरु यस्ता तस्करी गिरोहको फन्दामा पर्दै आएको बताइन्छ ।

नक्कली अध्यागमन कागजात र नक्कली स्ट्याम लगाएर अहिले श्रीलंका पुगेकी सन्ध्या श्रेष्ठ भन्छिन् हामी अवैध बाटो हिडेका छौं यो दलालहरुले तेहा पुर्याएर बेचिदिन्छ यसरी लुक्दै हिडेको मान्छे कसरी फर्किनु म त फसे बल्ल पो थाहा भो हामीलाई उद्धार चेलीबेटी बेचबिखत तथा ओसार पसार नियन्त्रणमा जस्तोसुकै प्रयास गरिँदै आएको भएतापनि चेलीबेटी तस्करी धन्दा यतिबेला झन मौलाएकौ छ । तस्करी गिरोहको संजाल यतिबेला देशको कुनाकाप्चादेखि सिंहदरबार हुँदै आफ्नो संजाल विश्वभर फैलाउन सफल भएको छ ।

स्रोतका अनुसार नेपालको हरेक क्षेत्रमा आफ्नो संजाल विस्तार गरेको सो गिरोहले नेपालका चर्चित कलाकार, कन्शल्टेन्सी, मेनपावर, डान्सबार, दोहोरी, डिस्को, लगायतमा आफ्नो संजाल बिस्तार गर्दै यसरी खुलेआम नेपाली चेलिबेटीहरुलाई विभिन्न मुलुकमा तस्करी गर्दै विक्री वितरण गर्न सक्रिय रहेको स्रोतको दावी छ ।

यसरी चेलिबेटी तस्करी धन्दामा संलग्नमा गिरोहहरुमा सुरेश श्रेष्ठ मुख्य गिरोह रहेका छन् भने पदम सोमाई र रमेशबहादुर खत्री म्यानमारबाट संजाल सम्हाल्ने काम गर्दै आएका छन् । यो गिरोहमा संलग्न अन्य व्यक्तिहरुमा ललित कार्की, सुबास अग्रवाल, भक्त दमाई, पुर्णप्रसाद पौडेल, सविन छेरी, पन्च लामा, गणेश कटुवाल, नविन सुबेदी लगायतको व्यक्तिहरु संलग्न रहेको आरोप स्रोतले लगाएको छ । साथै यतिबेला २० जनालाई डिल्लीमा थुपार्न सफल खेम सुबेदी र गीता सेढाईको नाम समेत तीव्रखबरलाई प्राप्त भएको छ ।

यसै विषयमा चेलीबेटी ओसार पसार धन्दामा संलग्न रहेका सुरेश श्रेष्ठले तीव्रखबरका सम्पादकलाई सम्पर्क गरि ५० औं हजार चेलीबेटी डिल्लीमा रहेका छन् । ठूला ठूला गिरोहहरु संलग्न छन्, उनीहरुको बारेमा नलेखेर मेरो बारेमा किन लेख्नु हुन्छ भन्दै आफ्नो प्रतिकृया दिएका छन् । उनको भनाईले नी यतिबेला ठूलो मात्रामा चेलीबेटी डिल्लीका हरेक होटलहरुमा थुपारेको पुष्टि मिलेको छ ।

यतिबेला चेलीबेटी तस्करी धन्दाको भयावह अवस्था रहेको छ भने गिरोहहरुले भारतको डिल्ली, मणीपुर आसाम, म्यानमार, श्रीलंका लगायतका देशका विभिन्नस्थानमा लगभग ३ सयको हाराहारीमा चेलीबेटी लुकाई राखेको बताइएको छ । यसरी विभिन्न स्थानमा लुकाई राखिएको चेलीबेटीहरुको उद्धारको निम्ति पहल गरिदिन भन्दै डिल्लीबाट सृष्टि थापा (नाम परिवर्तीत)ले तीव्रखबर प्रतिनिधीलाई आग्रह गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!