सहज जित निकालेपछि वेल्स युरोकपमा छनोट

- November 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी – युरोकपमा छनोट हुन जित निकाल्नु पर्ने निर्णायक खेलमा सहज जित निकालेपछि वेल्सले युरोकपमा स्थान बनाएको छ । वेल्सले निर्णायक खेलमा हंगेरीलाई २–० ले पराजित गर्दै समूहमा दोस्रो स्थानमा रहेर छनोट हुन सफल भएको हो ।

समूह ‘ईं’ मा वेल्सले ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रहन सफल भयो । यो समूहबाट क्रोएसियाले १७ अंक जोड्दै शीर्षस्थानमा रहँदै छनोट हुन सफल भयो ।

कार्डिफमा मंगलबार राति भएको वेल्सलाई जिताउन दुवै गोल आरोन राम्सीले गोल गरे । उनले पहिलो र दोस्रो हाफमा गोल गरे । खेलको १५औं मिनेटमा राम्सीले ग्यारेथ वेलको पासमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । ४७औं मिनेटमा राम्सीले किफेर मोरेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सलाई २–० को जित दिलाए ।

हारसँगै हंगेरीको भने छनोटको सम्भावना सकिएको छ । वेल्समाथि जित निकाल्न सफल भएको भए हंगेरी युरोकपलाई छनोट हुने थियो । हंगेरीले ८ खेलबाट १२ अंक जोड्यो ।

यही समूहको अर्काे खेलमा स्लोभाकियाले अजरवैजानलाई २–० ले पराजित गरेको छ । हाम्रो खेलकुदका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!