१७ वर्षमा धुम्रपान सुरु गर्छन् युवाहरु

- November 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धनगढी । सुदूरपश्चिममा १७ वर्षमै धुम्रपान शुरु गर्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नेपालमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्भेक्षण (स्टेप्स सर्भेले प्रदेशमा दैनिक धुम्रपान गर्ने मध्य, पहिलो पटक धुम्रपान गर्न शुरु गर्दाको औसत उमेर १७ रहेको देखाएको छ ।

अध्ययनले सुदूरपश्चिम प्रदेशमा ३३ दशमलव आठ प्रतिशत नागरिकले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ । सर्भेक्षण गत फेब्रअरीदेखि मे सम्म गरिएको थियो ।
सो सर्वेक्षणले प्रदेशमा हाल धुम्रपान सेवन गर्ने २६ दशमलब छ प्रतिशत रहेको छ भने दैनिक धुम्रपान सेवन गर्ने १८ दशमलब तीन प्रतिशत रहेको छ ।
प्रदेशमा चुरोट (उत्पादन गरिएको÷हातले बेरेको चुरोट) सेवन गर्ने १९ दशमलब आठ प्रतिशत रहेको छ भने धुवारहित सुर्तिजन्य पदार्थ सेवन गर्ने १६ दशमलब आठ प्रतिशत रहेको देखाएको छ ।

प्रदेशको १३ दशमलब सात प्रतिशत जनताले हाल दैनिक धुवारहित सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको सो अध्ययनमा उल्लेख छ ।

सर्भेक्षण देशभरका १५ देखि ६९ वर्ष उमेरका पा“च हजार पा“च सय ९३ जनसंख्यामा गरिएको थियो । यस्तो सर्भे हरेक पाँच वर्षको अन्तरालमा गरिन्छ ।

सो सर्वेक्षणमा नेपालका २८ दशमलव ९ प्रतिशत नागरिकले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ । प्रदेशगतमा सबैभन्दा बढी प्रदेश ५ मा ३६ दशमलब ६ प्रतिशत जनताले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ । चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्नेमा सुदूरपश्चिम प्रदेश दोस्रो नम्बरमा देखाइएको छ । नेपालको सबैभन्दा कम प्रदेश १ मा २२ दशमलब आठ प्रतिशतले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाइएको छ ।

सर्भेक्षणले महिलाको तुलनामा पुरुषहरु ५ गुणाभन्दा बढी अम्मली रहेको देखाएको छ । सर्भेक्षण अनुसार नेपालका ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्छन् ।

चुरोटको तुलनामा धु“वारहित अन्य सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या बढी रहेको सर्भेक्षणले देखाएको छ । चुरोट सेवन गर्ने १४ दशमलव ५ प्रतिशत रहेका छन् भने धु“वारहित सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या १८ दशमलव ३ प्रतिशत रहेको छ ।

चरोट तथा सुर्तिजन्य पदार्थ मुटु, मधुमेह, रक्तचाप, क्यान्सर जस्ता नसर्ने रोगको प्रमुख कारण हो । चिकित्सिकले दीर्घकालिन रोगका प्रमुख कारण भएकाले यस्ता पदार्थ सेवन नगर्न सुझाब दिने गरेका छन् ।

सर्भेक्षण अनुसार नेपालमा विद्युतीय चुरोट प्रयोग गर्नेको संख्या बढेको छ । विगतमा यस्ता चुरोट प्रयोग गर्नेको संख्या नगन्य हुन्थ्यो । तर, अहिले सर्भेक्षणले झण्डै दुई प्रतिशत पुरुषले विद्युतीय चुरोट प्रयोग गर्ने गरेको देखाएको छ । सर्भेक्षण अनुसार १ दशमलव ७ प्रतिशत पुरुषले विद्युतीय चुरोट प्रयोग गर्ने गरेका छन् । भारत, चीन तथा धेरै देशले विद्युतीय चुरोट प्रतिबन्ध लगाइसकेका छन् । नेपालले पनि सन् २०१४ मा यस्ता चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तर, उक्त निर्णय भने अझैसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!