राैतहटमा मच्चियाे याैन हंगामा : साहसहित सात जना पक्राउ

- November 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सन्जय सहनी

रौतहट ३० कार्तिक । रौतहटको मुख्य ब्यापारीक केन्द्र गरुडा स्थित
एउटा होटेलमा प्रहरीले छापामारी गर्दा दुईजना केटी सहीत सातजना पक्राउ परेका छन ।

बिषेश सुचनाको आधारमा प्रहरीले गरुडा स्थित होटेल खुसीमा छापामारी गर्दा संबेदनसिल अवस्थामा रहेकी दुईजना केटी र चारजना केटालाई पक्राउ गरेको हो ।शनिवार साँझ ५ बजे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक रिपेन्द्र शिंहको कमाण्डमा गएको टोलीले होटेल खुसीमा छापामारी गर्दा अर्धनग्न दुई केटीका साथै त्यसै अवस्थामा पाँचजना केटा पक्राउ परेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरुमा बौधीमाई नपा ५ का चन्द्रिका साह,वडा ३ का बिनोद ठाकुर लोहार,राधेश्याम प्रसाद कुश्वाहा,गरुडा नपा जिंगडियाटोलका शेख साजीद आलम र हाेटेल सञ्चालक गरुडा ५ महमदपुरका बिन्दा साहका छोरा शिवप्रसाद साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिएका छन ।

त्यसैैैैगरी पक्राउपर्ने यौन ब्यवशायमा संलग्न केटीहरु सर्लाहीकी मधेसीमुलकी रहेको प्रहरीले जनाएको छ ।पक्राउ केटा र केटी ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले
जनाएको छ ।

जिल्लाको मध्यभाग गरुडा स्थित सञ्चालित अधिकांश
होटेलमा यौन कारोवार लामोसमय देखी हुँदैआएको तर शनिवार प्रहरीले होटल खुसी बाट रंगेहात होटेल सञ्चालक सहीत यौन ब्यवसायमा संलग्न केटी र केटा सहीत सातजनालाई नियन्त्रणमा लिएपछी वास्तविकता  सार्वजनिक भएको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!