उज्जवल गिरीको ‘तिमी र म…’ गीतको भिडियो सार्वजनिक

- September 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । उज्जवल गिरीको स्वर, शब्द र सङ्गीत संयोजन रहेको गीत ‘तिमी र म…’ सार्वजनिक भएको छ । लोचन घिमिरेको सङ्गीत निर्देशन रहेको ‘तिमी र म…’ गीतको भिडियो सार्वजनिक भएको हो ।

रुपेन पौडेलको निर्देशन, छायाँकन र सम्पादन रहेको गीतको भिडियोमा दीप गिरी र पासाङ गुरुङलाई फिचर्ड गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

राजिब शेरचन थाकाली सहायक छायाँकन र अनिशा शर्माको मेकअप रहेको भिडियोलाई अल्टरनेटिभ मोसन पिक्र्चस र अन नेपाली डटकमले उत्पादन गरेको हो ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!