लिलाको शब्दमा ‘बाँचेकैछु जसो तसो’ गीतको म्युजिक भिडियो सार्वजनिक

- September 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

इलाम । सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण-कोरियामा रहेका लिला खतिवडाको शब्दमा ‘बाँचेकैछु जसो तसो’ बोलको  गीतको म्युजिक भिडियो सार्वजनिक भएकोको छ ।

संगीतकार  निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् भने यस वर्षको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका बेनुप छेत्रीको स्वर रहेको छ ।

विशेष गरी माया, प्रेम, विछोड जस्ता भावनात्मक कुराहरुलाई मार्मिक ढंगले समावेश गीतको भिडियोमा ऋचा थापा, सुमन खतिवडा र अमर दिपलाई अभिनय गराइएको छ ।

किर्तिपुरको चोभार साथै दरबार मार्ग क्षेत्रका रमणीय स्थानहरुमा छायांकन गरिएको  भिडिओमा युवराज वाइवाले भिडियोलाई निर्देशन गरेका छन् भने उत्सब दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

यस गीतको म्युजिक भिडियोलाई सर्जक लिला खतिवडाले आफ्नै युट्युव च्यानल लिला खतिवडाबाट सार्वजनिक गरेका छन् ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!