पाँच वर्षिया बाल गायिका विशेषताको दशैँ गीत ‘रातो टिका जगरा’ (भिडियो सहित)

- September 5, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आर पोखरेल, काठमाडौं । प्रियसी म्युजिक प्रालिको प्रस्तुतीमा माधव पराजुली र विश्वास पराजुलीको प्रस्तुतिमा पाँच वर्षिया बाल गायिका विशेषता पराजुली गायक विश्वास पराजुली, माधव पराजुली र गायिका अर्चना स्याङ्गतानको आवाजमा सजिएको मौलिक दशैँ गीत ‘रातो टिका जगरा’ गीतको भिडियो बजारमा आएको छ ।

परदेशमा भएको श्रीमान र परिवारका अन्य सदस्यबीचको भोगाईलाई गीतमा समेटिएको छ । दशैँ जस्तो महान पर्वमा आपसमा खुशी साटासाट गर्नको लागि आफनोे जन्मभुमीमा आउनको लागि गायक निकै आतुर रहेका छन् । छोरीले आफनो हृदयको प्यारो बाबुलाई भेटन पाउदा आफु खुशी हुनेमा आशावादी रहेकी छन् ।

छिरिङ्ग दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना गीतमा रहेको छ । रविन बजगाईँको छायाँकन, राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन रहेको छ । ‘रातो टिका जगरा’ गीतको भिडियोमा विशेषता पराजुली, माधव पराजुली र साइमन थापाको अभिनय रहेको छ  । साभार

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट