चलचित्र ‘लक्का जवान’ सार्बजानिक ”

- August 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

समीर नेपाल, काठमाडौं । आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘लक्का जवान’ को आज बिहान पाटनको बङ्गालमुखी मन्दिरमा शुभ साइत गरिएको छ।

शिवहरि पौडेलको लेखन तथा निर्देशन रहेकोेको यो चलचित्रमा ध्रुव वन्त र अनुसुया श्रेष्ठ वन्त मुख्य निर्माता रहेका छन् भने  सह–निर्मातामा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल  हुन् ।

कमेडी कथामा बन्न लागेको यो चलचित्र सँगै कलाकार शिवहरि पौडेलले अब चलचित्र निर्देशकको रूपमा पनि नयाँ परिचय बनाउन लागेका छन् ।

जिरे खुर्सानी जस्तो एतिहासिक र लामो सिरियलका लेखक र निर्देशक पौडेलले ब्रेक फेल लगायत कयौँ सिरियल, कार्यक्रममा पनि निर्देशकको राम्रो र गडिलो परिचय पहिले नै बनाइसकेका छन् ।

ती अनुभवको आधारमा भन्न सकिन्छ कि शिवहरी लक्का जवान चलचित्रबाट एउटा सफल निर्देशक बनेर चलचित्र जगतमा पदार्पण गर्ने छन् ।

चलचित्र लक्का जवानमा नायक दिलिप रायमाझी, क खनाल, नायिका प्रियंका कार्की, बर्षा सिवाकोटीलगायत शिबहरी पौडेल, राजाराम पौडेल, किरण केसी, सलोन बस्नेत, मनिषा श्रेष्ठ, स्वस्तिका लामिछाने आदि कलाकारहरुको अभिनय रहने छ । यो चलचित्र भदौ ४ गते बाट छायांकन हुने भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!