प्रदेशमन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश

- August 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं : कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सोमबार उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशहरु श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलाशले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न आदेश दिएको हो ।

‘उच्च अदालतबाट उहाँलाई पक्राउ पूर्जी जारी भएको छ,’ उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले अन्नपूर्ण अनलाइनसँग भने । मन्त्री खत्रीसहित पाँचजनाले एक करोड १० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अदालतको ठहर छ ।

अन्य समाचार :सांसद यादवले अचानक दिए राजीनामा, सट्टामा कसलाई बनाइँदैछ सा‌ंसद ? काठमाडौं : समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सांसद बनेका डा. सूर्यनारायण यादवले अचानक राजीनामा दिएका छन् ।

पेशाले मेडिकल डाक्टर उनी पछिल्लो समय संसद बैठकमा समेत अनुपस्थित रहँदैआएका थिए । व्यक्तिगत कारणले नै राजीनामा दिए पनि पार्टी स्रोतका अनुसार उनी पार्टीका नेताहरुसँग रुष्ट बन्दैआएका थिए ।

सप्तरी–१ बाट चुनाव जितेका उनी पार्टीभित्रै पनि भूमिका नपाएको विषयमा नेताहरुसँग पनि मतभेद् राख्दैआएको पार्टी स्रोतको भनाइ छ । डा. यादवले राजीनामा दिने शंकेत मिलेपछि नै केही दिनयता उनको स्थानमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे पार्टीका नेताहरुले छलफल चलाउन थालिसकेका छन् । केही नेताले पार्टी नेतृत्वसँग ‘लबी’ गर्न थालिसकेको पनि स्रोतले बताएको छ । साभार।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!