कर्मचारीलाई कार्यालय समयमा निस्कन निषेध !

- August 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सरकारले कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कर्मचारीलाई कार्यालयबाट बाहिर निस्किन कडाई गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

कार्यालय समयमा कर्मचारी नभेटि“दा सेवाग्राहीहरु मर्कामा परेको र चा“डै हुने काम गर्न दुई तीन दिन लाग्ने गरेको गुनासो आएपछि सरकारले त्यसमा कडाई गरेको हो ।

कार्यालय समयमा कर्मचारी बाहिर निस्कि“दा प्रत्येक महाशाखा र विभागमा अनिवार्य रुपमा लगबुक भर्ने र भराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

कार्य सम्पादन सम्झौतालाई कार्यान्वयनमा ल्याउन निर्देशनसंगै सोको पालना गर्न र गराउने बाध्यात्मक अवस्था उत्पन्न भएको प्रवक्ता भुपाल बरालको भनाइ छ । उहांका अनुसार सेवाप्रवाह चुस्त बनाउन र जवाफदेहीता बढाउन हरेक महिना र्बैठक गर्न मन्त्रालयले निर्देशन दिएको छ।

अबदेखि मन्त्रालय र मातहतका निकायले प्रत्येक महिनाको १ गते दिउ“सो कामको गतिविधि र प्रभावकारितासम्बन्धी समीक्षा बैठक राख्न निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभयो ।

उक्त बैठकमा शाखा अधिकृतसहित उच्च तहका कर्मचारी अनिवार्य उपस्थित हुनुपर्नेछ । सेवालाई प्रभावकारी बनाउन मन्त्रालयका महाशाखा प्रमुख र विभागका महानिर्देशकले प्रत्येक हप्ताको आइतबार बैठक बोलाउन निर्देशन दिएका छन् ।

महाशाखा प्रमुख र महानिर्देशकले मातहतका शाखा प्रमुख र शाखा प्रमुखले शाखा अधिकृतसम्मका कर्मचारीस“ग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ । प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको कार्यसम्पादन मूल्यांकंन गर्ने सन्र्दभमा कुन तहको कर्मचारीको सुपरिवेक्षण, पुनरावलोकनकर्ता र पुनरावलोकन समिति संयन्त्रमा को को पदाधिकारी रहने सो व्यवस्था मन्त्रालय मिलाएको छ ।

यसअघि सरकारको नीतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अधिकृतस्तरका सबै कर्मचारीस“ग कार्यसम्पादन करार गर्ने र सोको प्रगतिबमोजिम नै कार्यसम्पादन मूल्यांकन गर्ने परिपाटी बसाल्न निर्देशन दिएको थियो ।

यसैक्रममा गत श्रावण २ गते मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले सरकारको नीति तथा कार्यक्रमअनुसार कार्यसम्पादन सम्झौता गर्दै जाने निर्णय गरेको हो । साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!