खानेपानी मन्त्रीद्धारा ठेकेदारलाई भाग्न बाध्य

- August 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डकै बुहारी भएर मन्त्री बन्न पाएकी खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगर असफल बन्ने पक्का जस्तै भएको छ ।

पदीय जिम्मेबारी लिएको डेढ बर्षसम्म ठूलो परियोजना र मन्त्रालयका कुनै पनि कामगर्न नसकेकी मन्त्री मगरले धाक भने ठुला लगाउदै हिड्ने गरेकी छन् ।

मन्त्री नियुक्त भएदेखि नै मेलम्ची खानेपानी आयोजना निर्माणस्थलको निरिक्षण गरी सोही बर्ष पानी आउने घोषणा गरेकी मगर एटीएमबाट पानी, खाडीलगायतका मुलुकमा पानी निर्यात गर्ने जस्ता ‘पपुलर’ एजेन्डा घोषणा गरिन ।

तर, उनले घोषणा गरेका कुनै पनि काम सफल भएका छैनन् । मन्त्री मगरले नै मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदारलाई काम छाडी भाग्न बाध्य पारिन । त्यसपछि नयाँ ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको छैन् ।

नेपालका लागि कतारका राजदूतलाई भेटी पानी निर्यात गर्ने विषयमा कुराकानी भयो तर प्रगतिको काम एक रती पनि बढाउन नसकेकी मन्त्री मगरले हालै मात्र एउटा निजी पानी कम्पनीको कार्यक्रममा फेरि भनिन, ‘हिमशृंखला र हिमनदीबाट खेर गइरहेको पानीलाई विदेशमा निर्यात गरिछाडिने छ ।’

विभागीय मन्त्रालयको कार्यप्रगतिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग करारको सम्झौता गर्दा मन्त्री मगरले पनि गरेकी छन् । तर उनी काम भन्दा बढी आयोजनालाई असर गर्न उद्दत भएको देखिन्छ ।

करिब ९७ प्रतिशत काम सकेको मेलम्चीको मुख्य ठेकेदार कम्पनी सीएमसी दि रिभेन्नाले ठेक्का तोड्दा पनि उनी विवादमा आएकी थिइन् ।

ठेक्का तोड्ने बेलाका तत्कालिन खानेपानी सचिव गजेन्द्र ठाकुरले मन्त्री मगरले राष्ट्रियता नै खतरामा पारेको भन्ने आरोप लगाएका थिए, जसलाई उनले मन्त्रालयबाट नै स्थानान्तरण गरेकी थिइन् ।

मन्त्री मगरले बिहीबार ‘नेसनल एग्रिकल्चर एन्ड फरेस्ट्री प्रालि’ले नेदरल्यान्ड्सबाट ल्याएको प्रेसरबाट पानी तान्ने प्रविधिको ललितपुरको गोदावरी र ठैबमा परीक्षण गरेकी थिइन् । शुक्रबार उनी रसुवाको पानी विदेश निर्यात गर्ने निजी कम्पनीको प्रवद्र्धनको कार्यक्रममा पुगिन् ।

गौतम महर्जनको लगानीमा खुलेको नेसनल एग्रिकल्चर एन्ड फरेस्ट्री प्रालिले पहाडी क्षेत्रमा प्रेसरको माध्यमबाट पानी तान्न सक्ने प्रविधि ल्याएको दाबी गरेको छ । त्यो प्रविधिले नीजि कम्पनीलाई फाइदा हुनेछ ।

उसले प्रबद्र्धन गरेको पानी सर्वसाधारणलाई महँगो मुल्यमा बिक्री वितरण गर्नेछ जबकि, मेलम्ची समयमा आउँदा यस्ता कम्पनीको साख नै नरहने अवस्था हुन्छ ।

त्यसो त प्रतिनिधि सभाका विभिन्न समिति र संसदमा पनि मन्त्री मगरले बोलेको मात्र मेलम्चीका विषयमा कार्यप्रगति नगरेको भनी बारम्बार प्रश्नको सामना गर्नु परेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!