राप्रपा संयुक्तको प्रवक्तामा पाँच जना मनोनयन

- July 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को केन्द्रीय प्रवक्तामा ५ जनाको नामा मनोनयन भएका छन् । सो पदमा जनकराज पाठक नियुक्त भएका छन् । नुवाकोटका स्थायी बासिन्दा पाठकसहित किरण गिरी, किशोर कार्की, रविन चाम्लिङ र सगुन लावती पनि पार्टी प्रवक्तामा मनोनयन भएका हुन् ।
पार्टी प्रवक्तामा मनोनयनमा परेका पाठक, गिरी, चाम्लिङ, कार्की र लावती सबै राप्रपा संयुक्त केन्द्रीय कार्य सम्पादन समितिका सदस्य सदस्य हुन् । पार्टी प्रवक्तामा नियुक्त सबैले मनोनयनपत्र बुझिसकेका छन् । पार्टी र देशको बृहत्तर हितमा उनीहरूको प्रतिभा र परिश्रमलाई सदुपयोग गरी पार्टीका लागि एउटा बलियो प्रजातान्त्रिक शक्तिको रूपमा परिचय बनाउन प्रभावकारी भूमिका खेल्ने विश्वासका साथ प्रवक्ता चयन गरिएको राप्रपा संयुक्तले उल्लेख गरेको छ ।

अध्यक्षद्वाय डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाले हस्ताक्षर गरी उनीहरू पाँचैजनालाई प्रवक्ताको जिम्मेवारी सुम्पिएका हुन् । ‘पार्टीले लिएको मूल उद्देश्य राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापनाको निम्ति सधैँ क्रियाशील रहँदै भ्रष्टाचारमुक्त समाजका निम्ति निरन्तर संघर्ष गर्ने र पार्टीको आधिकारिक लाइनमा कसैसँग कुनै प्रकारको सम्झौता गर्दैनौँ,’ मनोनयनपत्र ग्रहण गर्दै प्रवक्ता पाठकले भने ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!